Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – वैैज्ञानिकले क्यान्सर रोगको उपचारमा नयाँ विधि विस्तार गर्न सकिने बताएका छन् ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले क्यान्सर भएको कुनै पनि ट्युमरको नमुना अध्ययन गर्न सकिने प्रविधि थ्रीडी मोडल बनाएको बीबीसीले जनाएको छ ।

यो मोडलको मद्दतले ट्युमरको नमुना विस्तृतमा सबै कोणबाट अध्ययन गर्न सकिने उनीहरुको दावी छ । वैज्ञानिकका अनुसार अब क्यान्सरको उपचारको नयाँ विधि पत्ता लगाउन सहज हुनेछ ।

उनीहरुले झण्डै एक लाख कोशिका भएको स्तन क्यान्सरको एक मिलिमिटर आकारलाई टुक्रा पारेर अध्ययन गरेका थिए ।

यसअघि कसैले पनि ट्यूमरको विस्तृत अध्ययन नगरेकाले यो जाँच नयाँ भएको वैज्ञानिकले बताएका छन् ।

तपाईको प्रतिक्रिया