Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं । नेपालका विभिन्न स्थानमा सामान्य रुघाखोकीमा जस्तै लक्षण देखिने ‘टाइप ए इन्फ्लुएन्जा’को सङ्क्रमण भएका बिरामीहरूको सङ्ख्या बढिरहेको चिकित्सकहरूले बताएका छन् ।

काठमाडौं उपत्यकासहित अन्य जिल्लामा मौसमी रुघाखोकी गराउने ‘टाइप ए इन्फ्लुएन्जा’ नामक भाइरसका बिरामी देखापरेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । विश्वमा सबैतिर मौसम परिवर्तनका बेला देखापर्ने सङ्क्रमण सामान्य रुघाखोकीजस्तो देखिने भए पनि हेलचेक्य्राइँ गरिए जोखिम बढ्ने सक्ने चिकित्सकहरुको भनाइ छ ।

एकै स्थानमा थुप्रै बिरामी देखा नपरे पनि काठमाडौं उपत्यकासहितका केही जिल्लाका विभिन्न अस्पतालहरुमा ‘टाइए ए इन्फ्लुएन्जाका’को सङ्क्रमण भएका बिरामीहरू देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सामान्य औषधिले नै ठिक हुने तर लापर्बाही गर्दा ज्यानै जाने हुनाले मौसम परिवर्तन हुने यो बेलामा सतर्क रहन महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले आग्रह गर्नुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रत्येक हप्ता सरुवा रोगबारे अध्ययन गर्ने क्रममा यसै हप्ता सो भाइरस फैलिरहेको पत्ता लगाएको हो । मधुमेह, दम र अन्य दीर्घरोग भएका रा कमजोर व्यक्तिरूमा भने यसले तुरुन्तै आक्रमण गर्न सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया