Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनभने केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरिरका लागि निकै घातक पनि हुनसक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसको हानीबारे भने थाहा छैन । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने यसमा राख्नुहुँदैन । खानेकुरा तामासँग मिसेर रियाक्ट हुनथाल्छ र यसले फुड पोइजनिङको सम्भावना बढाउने गर्छ ।

अचार, दही र कागतीको रसः

तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ । यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । यसले एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ । यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

अमिलो फल र दुधः

तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा, मेवाजस्ता फल तामाको भाँडामा बिर्सेर पनि नराख्नुहोस् । यस्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्नेजस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।

तपाईको प्रतिक्रिया