Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – भारतले क्रस बोर्डर विद्युत व्यापार निर्देशिका परिवर्तन गरेको छ । भारतले निर्देशिका परिवर्तन गरेसँगै नेपालले उत्पादन गरेको बिजुली भारत सहित अन्य देशमा बेच्न बाटो खुलेको छ । यसअघि भारतले केही शर्त राख्दा नेपालले उत्पादन गरेको बिजुली भारत बेच्न सकिने अवस्था थिएन ।

भारत सरकारका ऊर्जा मन्त्रालयले जारी गरेको सीमापार विद्युत व्यापार सम्बन्धी नयाँ निर्देशिकाले नेपालले उठाउँदै आएको मागको सम्बोधन हुने गरी यस्तो व्यवस्था गरेको हो । भारतले मंगलबार जारी गरेको नयाँ निर्देशकाको नयाँ व्यवस्थाले नेपाल र बंगलादेशबीच हुने विद्युत व्यापारका लागि समेत ढोका खोल्नेछ । तर जारी नयाँ निर्देशिकाले परियोजना अनुसार भारत सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था पनि गरेको छ ।

भारतले दुई वर्षअघि जारी गरेको निर्देशिकामा भने भारत सरकार वा भारतीय कम्पनीको ५१ प्रतिशत लगानी भएको जलविद्युत आयोजनाको मात्रै विजुली किन्ने व्यवस्था थियो । नेपालले भारतसँग भएको विद्युत व्यापार सम्झौताको विपरित प्रावधान भन्दै विरोध गर्दै आएको थियो  । यसअघिको भारतीय निर्देशिकामा तेस्रो मुलुकबीच विद्युत आयात वा निर्यातको व्यवस्था गरिएको थिएन, जसका कारण नेपाली विद्युत तेस्रो मुलुक, खासगरी बंगलादेश निर्यात गर्न असम्भवप्राय थियो ।

तर, नयाँ निर्देशिकाले नेपालबाट उत्पादित विजुली भारत हुँदै बंगलादेश पुर्याउने बाटो खोलिदिएको छ । यद्यपी, तेस्रो मुलुकबीच हुने व्यापारका लागि भने भारतसँग विद्युत व्यापार सम्झौता हुनुपर्ने व्यवस्था गरेको छ। हाल नेपाल र बंगलादेशको भारतसँग विद्युत व्यापार सम्झौता रहेको छ । पछिल्लो समय माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने कम्पनी जिएमआरले ५ सय मेगावाट विजुली भारत हुँदै बंगलादेश निर्यात गर्न बताउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया