Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – डोटीका दर्शन ओलीले एभरेष्ट प्रिमियर लिगमा एक्सपर्ट सिङ्गल ह्यान्डेड क्याच गर्दै ५० हजार रुपैयाँ पाउनु भएकाे छ । शुक्रबार चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सविरुद्धको खेलमा चितवनका जर्ज स्टकले प्रहार गरेको बललाई ओलीले एक हातले क्याच गरेपछि ५० हजार पाउनु भएकाे हाे ।

महेन्द्र मावि डडेलधुरामा सिभिल इन्जिनियरिङ पढ्दै गरेका ओली ट्युसनका लागि काठमाडौं आएको बताउनु भएकाे हाे । जर्ज स्कटको उक्त प्रहार सम्झँदै उहाँले भन्नुभयाे, “घरबाट आउँदा क्याच गर्छु भन्ने सोचेको थिइन तर, दर्शक दिर्घामा बसिरहँदा बल एक्कासि आयो । क्याच हुन्छ भन्ने सोचेको थिएन । तर, यसो हात दिएको क्याच बल रहेछ, क्याच भयो ।”

तपाईको प्रतिक्रिया