Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अनलाइन टिकट प्रणाली सुरु गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको साढे एक वर्षपछि आन्तरिक उडानका लागि पनि अनलाइन टिकट सुरु गरेको हो ।

अनलाइन टिकटको प्रारम्भ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले गर्नुभयाे । सूचना प्रविधिको तीव्र विकास भइसकेको र अन्य प्रतिस्पर्धी सबैजसो निजी कम्पनीले अनलाइन टिकट प्रणाली सुरु गरेको तर एयरलाइन्सले नगरेको भन्दै आलोचना खेप्दै आएको थियो ।

योसँगै अब नेपाल एयरलाइन्सको जहाज मार्फत आन्तरिक उडानमा जाने यात्रुहरुले अब घरैमा बसी टिकट खरिद गर्न सक्ने भएका छन् ।

तपाईको प्रतिक्रिया