Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – जर्मनीको अटोमोबाइल्स कम्पनी बिएमडब्लूले जी-३१० आर र जी-३१० जीएस मोटरसाइकल नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले आगामी शनिबारसम्म यसको टेष्ट राईड गराउने जनाएको छ । इन्ट्री लेवल सेग्मेन्टमा भारतीय प्लान्टबाट उत्पादन गरिएको यो बाइक शुक्रबारबाट बिक्री पनि सुरू गरिएकाे छ ।

कम्पनीका अनुसार उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बिएमडब्लूका बाइक चर्चित छन् । यी बाइकमा सार्प र सिल्क बडी, सिंगल-स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ, जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले ढाकिएको छ । टेकोमिटर, स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटर, एबीएस सिग्नलका साथ अन्य थुप्रै रेगुलर फिचर रहेका ककम्पनीको भनाइ छ ।

दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९ हजार ५०० आरपीएममा ३४ बीएचपी पावर र ७५ हजार आरपीएममा २८ एनएम टर्क उत्पादन गर्ने भनिएको छ । जी-३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी-३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी बाइकको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।

बाइकमा राइडिङ्ग क्षमतासंगै उत्कृष्ट ब्रेकिंग सिस्टम दिइएको कम्पनीको दाबी छ । यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्वील दिइएको छ भने, डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टोन क्यालिपर जडित डिस्क ब्रेक दिइएको छ । विभिन्न तीन कलर अप्शनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरक रहेको छ ।

प्रिमियम ब्रान्डले कलर अनुसार मूल्य राख्ने गरेकोमा कम्पनीले रातो र कालो रंगका मोडल जी-३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ भने, सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ । त्यसैगरी रातो र कालो रंगको बिएमडब्लू ज-३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने, सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया