Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – तपाईंलाई यदि हामीले तपाईंको खल्ती सुनको खानी हो भन्यौं भने पत्याउनुहुन्छ ? हुँदैन नि , तर यो कुरा शत प्रतिशत साँचो हो । सुनको खानी हो तपाईंको बोक्ने मोबाइल । मोबाइल मात्र होइन, ती सबै तपाईले प्रयोग गर्ने सबै इलेक्ट्रोनिक सामानमा यति सुन हुन्छ कि जुन खानीमा निकै मुश्किलका साथ भेटिन्छ ।

कुनै खानीबाट तीनदेखि चार ग्राम सुन निकाल्नका लागि करिब एक टन विशेष धातु भएका खनिज छान्नु पर्छ । यस्तै, मोबाइल फोन, ट्याबलेट र ल्यापटपजस्ता एक टन इलेक्ट्रोनिक फोहोरबाट करिब तीन सय ५० ग्राम सुन निकाल्न सकिन्छ ।

मानव बस्तीमा भएका यी अन्जान सुन–चाँदीका खानीको दोहन टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलका लागि हुने भएको छ ।
टोकियो सन् २०२० ओलम्पिकका आयोजकले खेलका मेडल अर्थात तक्मा ‘अर्बन माइनिङ’ मार्फत पाइएको धातुबाट तयार गरिने घोषणा गरेको छ । उक्त ओलम्पिकमा करिब पाँच हजार मेडल दिइनेछ ।

यसका लागि आयोजक समिती इलेक्ट्रोनिक फोहोरबाट मूल्यवान धातु निकालेर सुन, चाँदी र पित्तलका पदक तयार गर्नमा जुटेको छ । अर्थात्, संसारको सबैभन्दा प्रतिष्ठित खेलको मेडल फोहोरबाट तयार हुनेछ ।

फोहोरमा मूल्यवान् धातुः

प्रयोगपछि फ्याँकिने इलेक्ट्रोनिक सामानको फोहोर यतिबेला संसारमा तीब्र गतिमा बढिरहेको छ । यो निकै खतरनाक र विषालु फोहोर हो । तर, यी विद्युतीय फोहोरमा मूल्यवान धातुको खानी पनि हुन्छ ।

यही खानीबाट टोकियो सन् २०२० ओलम्पिकको मेडल बनाइनेछ । आयोजक समितीले जापानी जनतासँग काम नलाग्ने विद्युतीय सामान दान गरेर सहयोग गर्न अपिल गरेको छ ।

यो प्रोजेक्ट गत वर्षको अप्रिलबाट सुरु भएको थियो । आयोजकले अहिलेसम्म पाएको विद्युतीय फोहोरबाट १६.५ किलो सुन र एक हजार आठ सय किलो चाँदी निकालेको छ ।

जबकी आवश्यक पर्ने दुई हजार सात सय किलो पित्तल त उहिले नै जम्मा गरिसकिएको छ ।

टोकियो ओलम्पिक आयोजक समितिका प्रवक्ता मासा टकायाले आवश्यक पर्ने कूल सुनको ५४.५ प्रतिशत र ४३.९ प्रतिशत हाँसिल गरिसकिएको जानकारी दिएका छन् ।

संसारमा बढिरहेको विद्युतीय फोहोरलाई नियन्त्रण गर्न यो रोचक अभियानले निकै सहयोग गर्ने बताइएको छ ।

यतिबेला संसारका हरेक देशलाई विद्युतीय उपकरणको यस्तो लत लागेको छ कि हाम्रो धर्ती फोहोरले दिनप्रतिदिन ढाकिँदै छ ।

बढिरहेको छ इ–फोहोर

संयुक्त राष्ट्रको आँकडा अनुसार सन् २०१६ सम्म संसारमा करिब साढे चार करोड टन विद्युतीय फोहोर पैदा भएको थियो । यो फोहोर हरेक वर्ष तीन–चार प्रतिशतको दरले बढिरहेको छ ।

यदि तपाईं यी विद्युतीय फोहोरलाई १८ पाङ्ग्रा भएका ४० टनको ट्रकमा भर्नु हुन्छ भने यसले १२।३ करोड ट्रक भरिनेछ । र यी ट्रकलाई लाइनमा राख्ने हो भने पेरिसदेखि सिंगापुरसम्मका दुई लेन सडक पनि भरिनेछ । सन् २०२१ सम्म संसारमा विद्युतीय फोहोर ५.२ करोड टन पुग्ने आशंका छ ।

संयुक्त राष्ट्रको एक रिपोर्ट अनुसार २० प्रतिशत काम नलाग्ने विद्युतीय उपकरण मात्र रिसाइकल गरिन्छ, अन्यलाई मानिसहरुले घरमै राखेर बिर्सन्छन् अथवा, यत्तिकै फ्याँकिदिन्छन् ।

यो मूर्खतामात्र होइन, निकै खतरनाक बानी हो । किनभने विद्युतीय फोहोरले हाम्रो माटो र पानीलाई विषालु बनाइदिन्छ ।

तर यी फोहोरलाई अब मूल्यवान् धातुको खानीको रुपमा पनि हेरिएको छ, र जापानले यसलाई उदाहरणको रुपमा पेश गरेको छ ।

संयुक्त राष्ट्रमा विद्युतीय फोहोरका विशेषज्ञ रियूडिगर क्यूहर भन्छन्, ‘जापानसँग प्राकृतिक स्रोत साधनको अत्यधिक कमी छ । यस्तोमा उनीहरुसँग विद्युतीय फोहोरबाट मूल्यवान् धातु निकाल्ने एक सुनौलो मौका छ ।’

ब्रिटिश कोलम्बिया युनिभर्सिटीकी मारिया होलुस्को भन्छिन्, ‘विद्युतीय फोहोरबाट धातु निकाल्नु थुप्रै पटक साँच्चैको खानीबाट सुन निकाल्नुभन्दा सय गुणा बढी फाइदाजनक हुन्छ । मारिया यसलाई ‘अर्बन–माइनिङ’ नाम दिन्छिन् ।

विद्युतीय फोहोरबाट सुन चाँदी र पेलेडियमजस्ता धातु निकाल्दा हामीले मूल्यवान् धातु त पाउँछौं नै यसले खानीको दोहोन पनि कम गराउँछ ।

मारियाका अनुसार यो व्यापारको निकै शानदार मौका हो, यसलाई गुमाउनु हुँदैन ।

हुन त ओलम्पिक मेडललाई पुनः प्रयोगमा ल्याउन मिल्ने सामानबाट बनाइन लागेको यो पहिलो घटना भने होइन । सन् २०१६ को रियो ओलम्पिकको क्रममा ३० प्रतिशत चाँदी जुन मेडल बनाउन प्रयोग भएका थिए, ती फ्याँकिएका ऐना र एक्स–रे प्लेटबाट निकालिएका थिए ।

रियो ओलम्पिकमा कास्यपदक बनाउन प्रयोग भएका ४० प्रतिशत तामा टकसालको फोहोर थियो । सन् २०१० मा भेन्कुवर विन्टर ओलम्पिक खेलको मेडल बनाउन १।५ प्रतिशत रिसाइकल गरिएका सामान प्रयोग भएका थिए । यी सामान बेल्जियमबाट आएका थिए ।

टोकियोमा के विशेष हुनेछ ?

टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलको यो पहल दुई कुरामा विशेष छ । सुरुमा त यी सबै मेडल रिसाइकल गरिएका सामानबाट तयार हुनेछ । दोस्रो विशेष कुरा के छ भने आयोजक समितिलाई विद्युतीय फोहोर जापानी नागरिकले मात्रै दान गर्न सक्छन् ।

सन् २०१८ सम्म जापानका इलेक्ट्रोनिकको पसलले ४३।२ लाख बेकार मोबाइल फोन जम्मा गरेका थिए । यस्तै नगर निकाय संस्थाले ३४ हजार टन साना विद्युतीय उपकरण पाइसकेको थियो ।

एक जापानी वृद्ध महिलालाई एक प्रचार भिडियोमा देखाइएको छ जसमा उनी भनिरहेकी छिन्, ‘आफूले प्रयोग नगर्ने मैले पाँचवटा मोबाइल फोन दान गरेकी छु । यसरी ओलम्पिक खेलमा सहभागी हुन पाउँदा म निकै खुसी छु ।’

३५–४० वटा मोबाइल फोनबाट तपाईं एक ग्राम सुन निकाल्न सक्नुहुन्छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अनुसार ओलम्पिक खेलको सुनको मेडलमा कम्तिमा पनि ६ ग्राम सुन हुनुपर्छ ।

सुनको यस्तो खोजीबारे संसारभरी निकै चर्चा भइरहेको छ । यसका लागि थुप्रै मेडल बिजेताले पनि आफ्नो पुराना विद्युतीय उपकरण दान दिएका छन् ।

विद्युतीय फोहोर यति धेरै छन् कि त्यसको रिसाइकलका लागि अपार सम्भावना छन् । जापानमा अहिलेसम्म जम्मा गरिएका फोहोर देशको कूल विद्युतीय उपकरणको तीन प्रतिशत मात्रै हो ।

जापानमा करिब २० लाख टन विद्युतीय फोहोर भएको हुनसक्ने संयुक्त राष्ट्रले अनुमान लगाएको छ ।

विद्युतीय फोहोरबाट सुन चाँदी निकादेपछि बाँकी भाग के गर्ने, त्यसबारे अहिले योजना बनाइएको छैन । जापानमा जुन विद्युतीय फोहोर जम्मा गरिएका छन्, ओलम्पिक समितिले त्यसबाट सुन, चाँदी वा तामा मात्रै निकाल्नेछ । अरु फोहोर के गरिन्छ त्यसबारे कसैले केही बोलिरहेका पनि छैनन् ।

तपाईको प्रतिक्रिया