Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ –  शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि अनशन शुरु गरेको छ ।

समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पुर्याउन आग्रह गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने, शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पुर्याउनुपर्ने, कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत सो समूहद्वारा माग गरिएका छन् ।

समूहका प्रतिनिधि नयन बाँस्तोलाले पूँजी बजार विस्तारका लागि नियमनकारी निकायले निर्माण गरेको कार्यविधिलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा नेप्से १८८१ हुँदा रु २१ खर्बको पूँजी सङ्कलन भएको यो बजारमा हाल नेप्से ११२० मा पुग्दा रु १३ खर्ब पूँजी छ ।
–––

तपाईको प्रतिक्रिया