Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – आन्तरिक उडानको प्रतिस्पर्धी वायुसेवा कम्पनी बुद्ध एयरले एक महिनामा सरकारलाई झण्डै तीन करोड कर तिरेको छ । क्याप्टेन, इन्जिनीयर, भन्सार लगाएत अन्य शीर्षकमा बुद्ध एयरले अक्टोबर महिनामा २ करोड ९७ लाख, ७२ हजार ८ सय २० रकम तिरेको हो ।

बुद्ध एयरका अनुसार ३६ क्याप्टेनले एक महिनामा ९३ लाख २९ हजार ९ सय ११ र २६ जना इन्जिनियरले २८ लाख ८३ हजार ८ सय ४ रुपैयाँ कर बापतको रकम सरकारलाई बुझाएका हुन । क्याप्टेन र इन्जिनियर बाहेकका अन्य कर्मचारीले ५० लाख ८४ हजार २ सय १९ रुपैयाँ कर तिरेको बुद्धले ट्वीटरमार्फत जानकारी दिएको छ । भन्सार बापत भने अगस्ट महिनामा १ करोड २४ लाख ७४ हजार ८ सय ८६ रकम सरकारलाई तिरेको हो। बुद्ध एयरले सरकारलाई कर तिर्नु आफ्नो दायित्व ठानेको ट्वीटमा उल्लेख छ ।

बुद्ध गत वर्ष ६४ करोड ४७ लाख  ७० हजार ५२ रुपैयाँ कर तिरेको थियो । बुद्ध एयरले हाल काठमाडौं बेस भएर तुमलिङ्टार, भद्रपुर, बिराटनगर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, सुर्खेत, पोखरा उडान गर्दै आएको छ। त्यस्तैगरी भरतपुर-तुमलिङ्टार, पोखरा-भैरहवा, पोखरा-भरतपुर गरी आन्तरिक १४ गन्तव्यमा उडान हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया