Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं –  सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए सेभेन को सफल प्रिबुकिङ्गपछि हालै  बहुप्रतिक्षित नीलो रंगमा  नेपाली बजारमा प्रस्तुत गरेको  छ । यसको अकर्षक डिजाइन, शक्तिशाली ट्रिपल क्यामरा आकर्षक नयाँ रङ्ग र विशेष कार्यक्षमता यसमा विद्यमान छन् ।

ग्यालेक्सी ए सेभेन उपभोक्ताहरुको अन्तरदृष्टिको आधारमा तयार पारिएको छ, यस हिसावले नेपालका अधिकांश युवायुवतीहरुले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग दैनिक गर्ने गर्दछन् । फ्रन्ट क्यामराको तुलनामा रियर क्यामराको प्रयोग भने दुई गुणा बढी गर्ने गरेको पाइन्छ ।

नयाँ ग्यालेक्सी ए सेभेन मा तीनवटा क्यामरा विद्यमान रहेका छन्, एक अतिरिक्त ८ मेगापिक्सल १२० डिग्री अल्ट्रा वाइड लेन्स रहेको छ । यसले मानिसको आँखाले जस्तो देख्छ त्यस्तै तस्बिर खिच्न सक्दछ ।

२४ मेगापिक्सल प्राइमरी तथा सेल्फी क्यामरामा भएको नयाँ प्रविधि– जसले कम उज्यालोको अवस्थामा खिचिएको तस्बिरको पहिचान गरी चार पिक्सललाई जोडी“सुपर पिक्सल” मा जोडी सफा तस्बिर प्रदान गर्दछ ।

२४ मेगापिक्सल प्राइमरी क्यामराको साथ ५ मेगापिक्सल डेप्थ लेन्स, लाइभ फोकस सुविधाले डेप्थ अफफिल्डको कन्ट्रोल गर्दछ, जसबाट प्रेयोगकर्ताले फोटो खिच्नुभन्दा अगाडि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सक्दछन् ।

ग्यालेक्सी ए सेभेन कार्यक्षमता भएको अत्यन्त आकर्षक डिजनाइनयुक्त रहेको छ । यो उपभोक्ताहरुको आवश्यकता एवं चाहनालाई मध्यनजर गरी विकसित गरिएको छ । नेपालमा स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये झण्डै आधा संख्याले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग गर्दछन्  ।

यो नयाँ ट्रिपल क्यामरायुक्त ग्यालेक्सी ए सेभेन मा अतिरिक्त ८ मेगापिक्सल १२० डिग्री अल्ट्रा वाइड लेन्स विद्यमान छ जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै गरी क्यामराले कार्य गर्दछ ।

त्यसैगरी २४ मेगापिक्सलको प्राइमरी एवं सेल्फी क्यामरामा पनि नयाँ प्रविधि समायोजन गरिएको छ । ग्यालेक्सी ए सेभेनको  नेपाली मूल्य .४२,९९०, (४ जीबी/६४जीबी) तोकिएको छ । ग्यालेक्सी ए सेभेन नीलो र कालो गरी दुई आकर्षक रंगमा उपलब्ध रहेको छ ।

तपाईको प्रतिक्रिया