Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – इमेल चिठीपत्रको आधुनिक रूप हो । जसबाट हामी सन्देश गोप्य रूपमा एक–अर्कामा पु-याउन सक्छौँ । चिठीको तुलनामा इमेललाई निकै अनौपचारिक तथा बढी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिन्छ । प्रायः कार्यालयको काममा इमेलको प्रयोग बढी हुने गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आजकल धेरै मानिसले इमेल प्रयोग गरिरहेका हुन्छन् । तर, कतिपय स–साना कुरामा ध्यान नदिँदा अप्ठ्यारो भोग्नुपरिरहेको हुन्छ ।

-इमेल लेख्दा कहिल्यै पनि ठूलो अक्षर (क्यापिटल लेटर)मा लेख्नुहुँदैन । ठूला अक्षर प्रयोग गर्दा कराएको वा ठूल्ठूलो स्वरले बोलेको भन्ने अर्थ लाग्छ ।

-इमेलमा सब्जेक्टको ठाउँ कहिल्यै खाली छोड्नुहुन्न । सब्जेक्ट नलेख्दा विशेषगरी कार्यालयको काममा धेरै इमेल प्राप्त गर्ने मानिसलाई सूचना मिलाएर राख्न गाह्रो परिरहेको हुन्छ ।

-इमेल फर्वार्ड गर्दा अरूलाई असर पर्ने/नपर्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । प्राप्त गर्ने मानिसलाई तपाईंले जथाभावी पठाएको मेल टाउकोदुखाइसमेत बन्न सक्छ ।

-ठूल्ठूला अट्याचमेन्ट भएका मेल पठाउनु हुँदैन । यस्ता इमेल कम भण्डारण गर्ने क्षमता भएकाहरूले प्राप्त गर्न नसक्ने र पढ्दा पनि झर्को लाग्ने हुन सक्छ ।

-पठाउनुभन्दा पहिला एकपटक जाँच्नुपर्दछ । यदि स्पेलिङ गल्ती भएमा अर्थको अनर्थ लाग्न सक्छ । किनकि, इमेल एकपटक पठाइसकेपछि रद्द गर्न मिल्दैन ।

तपाईको प्रतिक्रिया