Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडाैं – एप्पलले हालै विश्व बजारमा ल्याएका टेन सिरिजका तीनवटा स्मार्ट फोन मंसिर आजदेखि नेपालमा उपलब्ध भएका छन् । ‘टेन’ आर,एस र एस म्याक्स फोनहरु नेपाली बजारमा उपलब्ध भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालमा आधिकारिकरुपमा बिक्रीवितरण गर्दै आएको जेनेरेसन नेक्स्टले यी फोन नेपाली नोभेम्बर आजदेखि उपभोक्ताले किन्न पाउने जानकारी दिएको छ । यो सिरिजका फोनमा आफ्नो अनुहार देखाएर लक खोल्न सक्छन् । यसमा प्रयोगकर्ताले फोटो खिच्दा आफूले जस्तो कलरको कपडा लगाएको छ त्यस्तै देखाउने ‘टू टोन’ डिस्प्ले प्रयोग गरिएको जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालीकी डाइरेक्टर सिम्रन भिमसरीयाले जानकारी दिनुभयाे ।

यो सिरिजका फोनमा एप्पलले ‘ए१२ बायोनिक’ चिपेस्ट प्रयोग गरेको छ । ठूलो आकारमा स्मार्ट फोन ल्याएको एप्पलले थिच्ने बटम हटाएको छ। जसले फोन चलाउन बटम थिचिरनु पर्दैन सबै स्क्रिनमा नै सेट हुने कम्पनीले जनाएको छ । मेमोजीको साहयताले यी फोनबाट आफ्नै अनुहारको चित्र कोरेर साथिहरूलाई पठाउन सकिन्छ ।

कम्पनीका अनुसार यो सिरिजका फोनको क्यामरामा नयाँ फिचर्स बोके क्यामरा रहेको छ। यसमा कुनै एउटा बस्तुलाई फोकस गरेर त्यस वरिपरी चाहे जति ब्लरको मात्रा चयन गर्न सकिन्छ ।

‘टेन’ आर
एप्पलले अहिले ल्याएको टेन सिरिजका तीन आइफोनमध्ये टेन आर तुलनात्मक रूपमा सस्तो स्मार्टफोन हो । ब्ल्याक, ह्वाइट, ब्ल्यु, यल्लो, रेड, कोर्ल गरी ६ वटा फिनिसियज (कलर) मा उपलब्ध यो आइफोनको १९४ ग्राम तौल छ । ६.१ इञ्च स्क्रिनसहितको लिक्वीड रेटिना डिस्प्ले समावेश गरिएको आइफोन ६४, १२४ र २५६ जिबि आन्तरिक क्षमतामा उपलब्ध छ । स्टो

रेज क्षमताअनुसार नेपाली बजारमा यसको मूल्य १ लाख १५ हजार देखि १ लाख २५ हजार पर्ने जेनेरेशन नेक्स्टले जानकारी दिएको छ । ४००० एमएएच क्षमताको ब्याट्री रहेको यो आइफोनमा एकपटक पुरा चार्ज गरेपछि साढे ११ घण्टासम्म टिक्ने बताइएको छ ।

‘टेन’ एस
६४, २५६ र ५१२ जिबि स्टोरेज क्षमतामा उपलब्ध हुने यो आइफोन ब्ल्याक, स्पेस ग्रे, सिल्भर गोल्डेन गरी तीन ओटा फिनिसियज ९कलर० मा उपलब्ध छ । १७७ ग्राम तौल भएको यस आइफोनमा ५.८ इञ्च स्क्रिनसहितको लिक्वीड रेटिना डिस्प्ले समावेश गरिएको कम्पनीले जनाएको छ ।

यस आइफोनमा १२ मेगापिक्सल रियर र ७ मेगापिक्सल फ्रन्ट बोके क्यामरा जडान गरिएको छ । कम्पनीका अनुसार यो आइफोनको नेपाली बजारमा १ लाख ५० देखि २ लाख ५ हजारसम्म मूल्य पर्ने छ ।

‘टेन’ एस म्याक्स
दुईवटा सीमकार्ड राख्न मिल्ने यो आइफोन ब्ल्याक, स्पेस ग्रे, सिल्भर गोल्डेन गरी तीन ओटा फिनिसियज ९कलर० मा आउने छ । २०८ ग्राम तौल भएको यस आइफोनमा ६.५ इञ्च स्क्रिनसहितको लिक्वीड रेटिना डिस्प्ले समावेश गरिएको आइफोन ६४,२५६ र ५१२ जिबी क्षमतामा उपलब्ध हुने छ। यही क्षमताको आधारमा मूल्य श्रृखला फरक हुने छ ।

कम्पनीका अनुसार यो फोनको नेपाली बजारमा १ लाख ६५ हजार देखि दुई लाख २० हजार रुपैयाँसम्म पर्ने छ । ३८०० एमएएच क्षमताको ब्याट्री रहेको आइफोनमा एकपटक पुरा चार्ज गरेपछि ११ घण्टासम्म टिक्ने जनाइएको छ । यो आइफोनमा १२ मेगापिक्सल डुअल रियर र ७ मेगापिक्सल फ्रन्ट बोके क्यामेरा जडान गरिएको छ ।

तपाईको प्रतिक्रिया