Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – नेपालमा पहिलो पटक यही मंसिर २२ र २३ गते अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने सम्मेलन विश्वमै प्रसिद्ध ‘ब्ल्याकट ह्याट र डीईएफ कोन’को नेपालको समकालीन सम्मेलन हो ।

सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआईसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थे्रट निक्सले आयोजना गरेको हो । सम्मेलनमा क्यान महासङ्घ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स जस्ता संस्थाका सहकार्य रहेको छ ।

पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याकजस्ता साइबर सुरक्षाको चुनौती नेपालले भोग्नु परेको छ । साइबर हमलामा संलग्न व्यक्तिका लागि नेपाल केन्द्रमा परिसकेको छ ।

साइबर हमलाका तरिका झन् आधुनिक र व्यवस्थित बन्दै गइरहे पनि नेपालले सुरक्षाको लागि त्यो किसिमको तयारी गर्न सकेको छैन । यसका लागि साइबर सुरक्षाको विकास र दक्ष व्यावसायिक जनशक्ति आवश्यक पर्छ ।

साइबर सुरक्षाको परम्परागत मान्यतालाई विस्थापित गर्दै यसमा व्यापक परिवर्तनको उद्देश्यसहित थे्रट कोन आयोजना गरिएको हो । सम्मेलनमा नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्था र त्यसलाई सुधार गर्न सक्ने विषयमा छलफल हुनेछ ।

सम्मेलनमा साइबर सुरक्षामा विश्वव्यापी रुपमै चर्चित अभ्यासकर्ता, निर्माताको सहभागिता रहनेछ । सरकारी निकायलाई साईबर सुरक्षाको बारेमा जानकारी लिन यो उपयोगी साबित हुनेछ । नेपालको साइबर सुरक्षामा क्रियाशील व्यक्ति तथा संस्थाको विकास नै यो सम्मेलनको मुख्य उद्देश्य हो ।

विश्व प्रसिद्ध ह्याकर म्याट सुसि प्रमुख वक्ताको रुपमा रहनु हुनेछ । यसबाहेक साइबर सुरक्षासँग सम्बन्धित अन्तक्र्रिया र प्रस्तुतिसमेत रहने छ । सम्मेलनको  आकर्षणको रुपमा लाइभ ह्याकिङसमेत रहनेछ ।

अमेरिका, रसिया, रोमानिया, भारत, जर्मनी, दुबईबाट विज्ञहरुको सहभागिता रहने सम्मेलनमा गुगल, क्यास्परस्की, बिटडिफेन्डरजस्ता संस्थाका प्रतिनिधिको सहभागिता र प्रस्तुति रहनेछ ।

तपाईको प्रतिक्रिया