Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङ कारवाहीमा परेका छन् । उनिहरुसफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाएको आरोपमा कारबाहीमा परेका हुन् ।

इटालीको एन्टी ट्रस्ट सम्बन्धी नियामक निकायले एप्पल र सामसुङमाथि जनही ५० लाख युरो जरिवानाको फैसला गरेको छ ।

त्यस्तै एप्पलमाथि थप ५० लाख युरो जरिवाना गरिएको छ । मोबाइलमा ब्याट्रीलाई कसरी जोगाउने तथा फेर्ने भन्ने विषयमा प्रयोगकर्तालाई प्रष्ट जानकारी नगराएको आरोपमा एप्पलमाथि थप जरिवाना गरिएको हो ।

एप्पल तथा सामसुङले आफ्ना पूराना मोडेलका ह्याण्डसेटमा उपलब्ध गराएको सफ्टवेयरका कारण मोबाइल सेटहरु निकै स्लो भएको र यसबाट कम्पनीहरुले प्रयोगकर्तालाई नयाँ मोबाइल किन्न बाध्य पारेको गुनासो इटालियन मोबाइल फोन प्रयोगकर्ताहरुले गर्दै आएका थिए ।

उपभोक्ताको यस्तो गुनासोमाथि सुनुवाइ गर्दै इटालीको उपभोक्ता हीत सम्बन्धी नियमाक निकायले एप्पल र सामसुङमाथि कारवाही गरेको हो । एक विज्ञप्ति जारी गर्दै उक्त निकायले एप्पल र सामसुङले उपलब्ध गराउने सफ्टवेयर अपडेटका कारण स्मार्टफोनमा गम्भीर समस्या उत्पन्न हुने गरेको तथा स्मार्टफोनको क्षमता पनि उल्लेख्य रुपमा ह्रास आउँदा उपभोक्ताहरु नयाँ स्मार्टफोन किन्न बाध्य हुने गरेको बताएको छ । रासस ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया