Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – एक चिनियाँ कम्पनीले रातको आकाश उज्यालो पार्न चीनको आकाशमा एउटा नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ।

चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार छेन्दु सहरमा रहेको प्राइभेट एरोस्पेस इन्स्टिच्युटका अधिकारीहरूले यस्तो प्रकाशद्वार उपग्रहलाई आफ्नो परिक्रमा पथमा सन् २०२० सम्ममा राख्न चाहेको र त्यसले सडकका बत्तीहरूलाई विस्थापित गर्न सक्ने गरी प्रशस्त उज्यालो बनाउन सक्ने बताएका छन्।

यसले थुप्रै वैज्ञानिकहरूलाई समेत आकर्षित र अचम्मित पारेको छ। त्यो किनभने यस महत्त्वाकांक्षी परियोजनाको प्रारूपबारे अहिलेसम्म थोरै मात्र जानकारी बाहिर ल्याइएको छ र ती समेत परस्पर विरोधी देखिन्छन्।

पिपुल्स डेलीले पहिलोपटक उक्त समाचार गत साता एउटा नविन काम सम्बन्धी सम्मेलनमा छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्ले व्यक्त गरेका प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको थियो।वुका अनुसार यस अवधारणामा केही वर्षदेखि प्रयोगहरू भइरहेका थिए जसका कारण उक्त प्रविधि सन् २०२० सम्ममा व्यवहारिक रूपमै सम्भव देखिने अवस्थामा आइपुगेको हो।

चाइना डेलीले वु लाई उद्धत गर्दै उसकै शब्दमा सन् २०२२ भित्रमा तीनवटा ठूला ऐना प्रक्षेपण गर्न सकिने लेखेको थियो। उक्त कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ।

धेरैले अचम्म मानिराखेको कुरा के पनि छ भने यस्तो चन्द्रमा प्रयोगमा आउँदा सडक बत्तीमा भन्दा कम खर्च हुनेछ। सडकबत्ती विग्रन सक्ने भूकम्पजस्ता अवस्थाका बेला यो झनै बढी काममा आउनेछ।

तर ती कुनै पनि समाचारहरूले उक्त परियोजनामा सरकारी सहायता छ/छैन चाहिँ खुलाइएका छैनन्। त्यो चन्द्रमा कस्तो देखिन्छ भनेर नबताइएता पनि त्यसले फ्याँक्ने प्रकाशले भने १० देखि ८० किलोमिटरसम्म समेट्नेछ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ।त्यसको चमकता र शुद्धतालाई नियन्त्रण गर्न समेत सकिने इन्स्चिच्युटका अध्यक्ष वुले बताएका छन्।यस्तो कृत्रिम चन्द्रमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ।जबकि, वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर पर रहेर परिक्रमा गर्छ।  स्रोत : बिबिसी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया