Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै करको दायरामा ल्याउन निर्देशन दिइएको छ । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सञ्चार र अर्थमन्त्रालयलाई उक्त निर्देशन दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आज बसेको समितिको बैठकबाट सरकारलाई दिइएको निर्देशनमा भनिएको छ,‘फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको देखिएकोले त्यसलाई नियमन गरी करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, तथा अर्थ मन्त्रालयलाई निर्देश गर्दछ ।’ इन्टरनेसनल टेलिकमले उपलब्ध गराएको स्पेस, रोयल्टीसम्बन्धी समस्या समाधानका विषयमा समितिलाई जानकारी गराउन सूचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ ।

दुरसञ्चार विकास कोषको उपलब्धि, ‘फोर जी’ बारेको उपलब्धि, विद्युतीय कारोबार ऐनको कार्यन्वयन, बक्स अफिसको अवस्थाबारे जानकारी गराउन सञ्चार मन्त्रालयलाई समितिले निर्देशन दिइएको छ । आजको बैठकमा सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले मन्त्रालयको योजना र विवरणहरु प्रस्तुत गरेका थिए। उक्त विवरणमा नेपाल टेलिकममा नयाँ साझेदार ल्याउन लागिएको जनाइएको छ । त्यसैगरी हुलाक बैंकको कार्यलाई पनि अगाडि बढाउने लगायतका योजनाहरु प्रस्तुत गरिएको छ ।

बैठकमा सांसदको प्रश्नको जवाफ दिदै मन्त्री बास्कोटाले सञ्चार क्षेत्रलाई नियमन गर्न साइबर कानून बनी रहेको जानकारी दिएका थिए । नेपाल टेलिभिजनलाई सातवटै प्रदेशमा विस्तारको कार्य भइरहेको, ६ महिनाभित्र देशभरी ७६८ वटा नेपाल टेलिकमको टावर लाग्ने र क्लिन फिडका विषयमा कानुन बनिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया