Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको स्थिति मङ्गलबार बिहानदेखि नै खस्केको थियो । टर्कीको मुद्रा लीराको मूल्यमा भारी गिरावट आएसँगै उदीयमान अर्थतन्त्र भएका मुलुकहरुमा त्यसको नकारात्मक प्रभाव देखिएको छ । गत हप्तादेखि नै टर्कीको झैं दक्षिण अफ्रिका, अर्जेन्टीना, मेक्सिको, ब्राजिल र रसियाको मुद्रा कमजोर हुँदै गएको छ । यी मुलुकहरु बिदेशी पूँजी, खासगरी डलरमा, ज्यादै निर्भर रहेका छन् ।

भारतीय रुपैंयाको परिवत्र्य दर अमेरिकी डलरको तुलनामा सन् २०१८ मा कमजोर हुँदै गएको थियो । सन् २०१८ को प्रारम्भमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको परिवत्र्य दर ६३.६७ रुपैयाँ थियो । भारतको सबैभन्दा ठूलो आयात नै खनिज तेल हो । भारतले कूल आवश्यकताको दुई तिहाई तेल आयात गर्दछ ।

विश्लेषकहरुका अनुसार, कच्चा इन्धनको मूल्यमा हुने वृद्धिले भारतीय मुद्राको अवमूल्यन हुने गर्दछ र लगानीकर्ताका लागि भारतीय रुपैयाँ त्यति आकर्षक रहँदैन । रुपैयाँमा आएको गिरावटले भारतको चालू खाताको घाटालाई थप वृद्धि गर्नेछ, उनीहरुको भनाइ छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया