Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – वीर अस्पताल सरसफाइ गरेबापत धुर्मुस–सुन्तली फाउन्डेसनले करिब ७० लाखको बिल सरकारसमक्ष पेस गरेको छ । अस्पतालको सरसफाइ र रङरोगन गर्ने क्रममा रकम अभाव भएपछि फाउन्डेसनले सरकारसमक्ष रकमको माग गरेको थियो । सरकारले पनि फाउन्डेसनलाई ७० लाख दिने निर्णय गरेको थियो । सोहीअनुसार फाउन्डेसनले ६९ लाख ८६ हजारको बिल पेस गरेको हो ।

वीर अस्पताल फोहोर भएको भन्दै फाउन्डेसनले २३ वैशाखमा १५ दिने सरसफाइ अभियान सुरु गरेको थियो । सरसफाइका लागि पुगेका उनीहरूले करिब ढेड महिना बसेर अस्पतालमा रङरोगनसमेत गरेका थिए । सरसफाइबारे खेम्स क्लिनिङका खेम शर्मासँग सहकार्य गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले वीर अस्पताल र ट्रमा सेन्टरमा १५-१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफाइ गरेको खेम्स क्लिनिङका संयोजक खेम शर्मासँग सहकार्य गरेको थियो । नेपाल सरकारका सरसफाइ दूतका नाताले धुर्मुस-सुन्तली स्वःस्फूर्त रूपमा अभियानमा सहभागी भएका थिए । तर, सरसफाइ गर्दै गएपछि उनीहरूले वीर सफाइको नाममा फाउन्डेसनका लागि सहयोगको आह्वानसमेत गरेका थिए । सो आह्वानबाट धुर्मुस-सुन्तलीले २९ लाख ९२ हजार ६ सय ७४ रुपैयाँ संकलन गरी सरकारलाई बुझाएको पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया