Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – कपालको संरक्षणका लागि हेयर मसाज निकै महत्वपूर्ण हुन्छ । हेयर मसाजले गर्दा बिग्रिएको कपालमा पोषण मिलेर राम्रो हुने गर्छ । यसरी गरिन्छ हेयर मसाज :

हेयरको साउन्ड कन्ट्रोल गर्न कपालको रुटमा तेल, हेयर भिटामिनले मसाज गर्नुलाई नै हेयर मसाज भनिन्छ । कपालका रुटलाई बलियो बनाउन यस्तो मसाज गरिन्छ ।


यस्तो मसाज हातका औँलामा भाइब्रेसन लिएर गरिन्छ । र, औँलाको मसाजले कपालमा हिट उत्पन्न हुन्छ र रौँका छिद्राहरू खुल्छन् । अनि, भिटामिन हेयरभित्र छिराइन्छ र कपाललाई स्वस्थ पारिन्छ ।

कतिपयको हातबाट हिट उत्पन्न नहुने भएकाले यसमा पनि सचेत हुनुपर्छ । यस्तो भएमा मसाजपछि स्टिम गर्न पनि सकिन्छ ।

यस्तो मसाज आधा घन्टादेखि ४५ मिनेटसम्म गरिन्छ ।

कतिपयले कपालमा निकै केमिकल प्रयोग गर्छन् । बढी कलर गर्ने, कर्ली गराउनेजस्ता कार्यले कपालमा नकारात्मक असर पु-याउँछ । यसरी केमिकल प्रयोग गर्दा कपाल फुंग उड्ने, बिग्रनेलगायतका समस्या हुन्छन् । यस्तो भएमा आयल मसाज गर्न आवश्यक हुन्छ ।

पहिले–पहिले कपालमा तेलको अनिवार्य प्रयोग गर्ने सल्लाह दिन्थे । तर, यसरी कपालमा लामो समयसम्म तेल रहिरहँदा कपालमा मात्र नभएर स्किनमा पनि समस्या देखिन्छ । खटिरा, पिम्पल्स आउनेजस्ता समस्या निम्तिन सक्छ । गर्मीमा तेल लगाउँदा त्यो बगेर निधारसम्म आइपुग्छ र छाला डढ्ने समस्या हुन्छ । त्यसैले नुहाउनुभन्दा एक वा आधा घन्टा अगाडि हेयर मसाज गर्दा निकै फाइदा पुग्छ ।

टाउको दुख्ने समस्या हुँदा पनि हेयर मसाज गर्न सकिन्छ । यस्तो मसाजले दिमागलाई पनि रिल्याक्स फिल हुन्छ ।

तपाईको प्रतिक्रिया