Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताल आजबाट सञ्चालनमा आएको छ । एक दशक अघि खजुरामा स्थापित क्यान्सर अस्पताल आजबाट सञ्चालनमा आएको हो ।

सरकारले सो अस्पताललाई सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराको रुपमा अपनत्व लिएपछि यस क्षेत्रका समुदायको प्रयास सफल भएको हो । अस्पतालले आज देखि बहिरंग सेवा सुरु गरेको छ । सरकारले सो अस्पतालको पूर्वाधार निर्माणका लागि २७ करोड आर्थिक सहयोग गरेको छ । त्यस मध्ये ओपीडी भवनको निमार्ण कार्य सम्पन्न भइ रेडियोलोजी तथा रेडियसन भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

भौतिक पूर्वाधार निमार्ण र सर्भिसेस कार्यहरुमा हालसम्म २२ करोड ५० लाख ८१ हजार खर्च भइसकेको छ । ओपीडी सेवाका लागि ल्याब, एक्सरे, भिडियो एक्सरे सेटअप भइसकेको र मोडुलर ओटी जडान गर्ने काम भइरहेको अस्पतालले जनाएको छ । उक्त क्यान्सर अस्पताल भरतपुरदेखि पश्चिमको पहिलो हो । यस क्षेत्रका स्थानीयले क्यान्सर अस्पतला निर्माणका लागि मुठ्ठी दान समेत गरेका थिए ।

अस्पताल निमार्णका लागि आर्थिक सहयोग जुटाउन ०६५ माघमा महायज्ञ गरिएको थियो । महासंघबाट उठेको ५ करोड २६ लाख रकमबाट अस्पताल निमार्णको काम सुरु गरिएको थियो । एक सय बेडको स्वीकृति पाएको अस्पतालले तत्कालका लागि ५९ बेड तयार गरेर सेवा सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया