Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडाैं – रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को जारी खेलमा इंग्ल्यान्डले ४- गोलको अग्रता बनाएको छ । इंग्ल्यान्डका लागि जोहन स्टोनेसले २, कप्तान ह्यारी केन र जेसी लिंगार्डले समान १-१ गोल गर्दै पानामाविरुद्ध ४-० गोलको अग्रता दिलाएका हुन् ।

खेलको ४० औं मिनेटमा स्टोनेसले गोल गर्दै ४-० गोलको अग्रता दिलाएका हुन् । खेलको ३६औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै पानामालाई ३-० गोलको अग्रता दिलाएका हुन् । उनले डिबक्स बाहिरबाट उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरे ।
यसअघि खेलको २२औं मिनेटमा इंग्ल्यान्डका खेलाडीलाई पानामाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो ।

पेनाल्टीमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २-० गोलको अग्रता दिलाएका थिए । जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए । इंग्ल्यान्डविरुद्ध अहिले पानामा दबाबमा खेलिरहेको छ ।

इंग्ल्यान्डले आफ्नो समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, पानामाले समूह चरणको पहिलो खेलमा बेल्जियमसँग ३-० गोल अन्तरको हार ब्यहोरेको थियो ।

तपाईको प्रतिक्रिया