Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – स्वास्थ्य मन्त्रालयले नर्सहरुसँग गरेको ११ बुँदे सम्झौता कार्यान्‍वयन नगरेको भन्‍दै युवा नर्सहरु आन्दोलनमा उत्रिएका छन् । अाज नेपाल नर्सिङ् संघ अगाडी युवा नर्सहरु धर्ना बस्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

धर्ना कार्यक्रममा बोल्‍दै युवा नर्स रोसा श्रेष्ठले सरकारले नर्सिङ पेशालाई बेवास्ता गरेको र सेवा सुरक्षा र श्रममा भेदभाव गरेको बताउनुभयाे । यस्तै आन्दोलनकी संयोजक सुजना बासुकलाले नर्सिङ जस्तो संवेदनशील क्षेत्रलाई सरकारले पटक पटक निरुत्साहित पार्दै आएको आरोप लगाउनुभयाे ।

यसअघि ११ बुँदे बुँदे माग राख्दै देशव्यापी आन्दोलन गरको नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच माघ ४ गते बिहीबार राति सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

तपाईको प्रतिक्रिया