Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – रुसमा जारी फिफा विश्वकप फुटबलमा आज (आइतबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘जी’ को एक खेल र समूह ‘एच’ को दुई खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘जी’ बाट इंग्ल्यान्ड र पानामा खेल्दै छन् । इंग्ल्यान्ड र पानामाबिचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा हुनेछ ।

नोभगोरोड स्टेडियमामा हुने खेलमा इंग्ल्यान्ड दोस्रो जितको खोजीमा हुनेछ । यता, पानामा भने पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । ३ अंक जोडेर दोस्रो स्थानमा रहेको इंग्ल्यान्ड यो खेल जित्दै दोस्रो चरण पुग्न चाहन्छ ।  पहिलो खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई हराएको थियो ।

पानामा भने बेल्जियमसँग हारेको थियो । विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा समूह ‘एच’ बाट जापान र सेनेगल प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ८: ४५ मा सुरु हुनेछ ।

एकाटेरीङवर्ग हुने खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जापानले कोलम्बिया र सेनेगलले  पोल्याण्डलाई समान २ – १ ले हराएको थियो । दुवै टोली दोस्रो खेल जित्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।यो समूहमा दुवैको ३ – ३ अंक छ ।

 समूह ‘एच’ कै आज हुने दोस्रो खेलमा पोल्याण्ड र कोलम्बियाबीच खेल हुने छ । दुई टोलीबीचको खेल राति ११ : ४५ मा सुरु हुनेछ । पहिलो खेलमा पराजित दुई टोली पहिलो जितको खोजीमा हुनेछ । यो खेल जित्नेले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने छ भने पराजित हुने टोली बाहिरिने छ ।

नेपाली समयको खेल तालिका :

तपाईको प्रतिक्रिया