Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं –  रुसमा जारी फिफा विश्वकप फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ को एक खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘जी’ बाट बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र ट्युनिसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा हुनेछ ।

स्पार्टक स्टेडियममा हुने खेलमा बेल्जियम लगातार दोस्रो जितको खोजीमा हुने छ । पहिलो खेलमा पानामालाई ३ – ० ले हराएको बेल्जियम दोस्रो जित निकाल्दै दोस्रो चरणको यात्रा तय गर्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डसँग २ – १ ले पराजित ट्युनिसिया आजको खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम बनाउन चाहन्छ ।

यो समूहमा बेल्जियम र इंग्ल्यान्डको समान ३ – ३ अंक छ । ट्युनिसिया र पानामा अंक बिहिन रहेका छन् । विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा समूह ‘एफ’ बाट दक्षिण कोरिया र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ८: ४५ मा सुरु हुनेछ । रोस्तोभ एरिनामा दक्षिण कोरिया पहिलो जितको खोजीमा रहने छ । मेक्सिको भने लगातार दुई खेल जित्दै दोस्रो चरणमा पुग्न चाहन्छ ।

यो समूहमा ३ अंक जोडेको मेक्सिको दोस्रो समूहको दोस्रो स्थानमा छ । दक्षिण कोरिया अंक बिहिन रहदै पुछारमा छ । पहिलो खेलमा दक्षिण कोरिया स्वीडेनसँग १ – ० ले पराजित भएको थियो । मेक्सिकोले साबिकको बिजेता जर्मनीलाई १ – ० ले नै हराएको थियो ।

समूह ‘एफ’ कै आज हुने दोस्रो खेलमा जर्मनीले स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ११ : ४५ मा सुरु हुनेछ ।

फिष्ट ओलम्पिक रंगशालामा मैदान उत्रदै गर्दा जर्मनी पहिलो जितको खोजीमा हुने छ । पहिलो खेलमा मेक्सिकोसँगको हारले जर्मनीलाई दोस्रो चरण पुग्ने सम्भावना राख्न आजको खेल जित्नै पर्ने दबाब छ । जर्मनीविरुद्ध मैदान उत्रदा स्वीडेन दोस्रो जितको खोजीमा हुनेछ  ।

नेपाली समयको खेल तालिका :

तपाईको प्रतिक्रिया