Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समुह ‘ई’ को खेलमा ब्राजिलले जित हात पारेको छ । ब्राजिलले कोस्टारिकाविरुद्ध २-० गोलको कठिन जित हात पारेको हो । ब्राजिलले दुबै गोल थप गरिएको समयमा गरेको थियो । ब्राजिलको जितमा नेयमारले खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गोल गरे ।

त्यस्तै, ब्राजिलका लागि फिलिपे कौन्टिन्होले अन्तिम समयमा गोल गरेका थिए । उनले थप गरिएको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई जित दिलाएका हुन् । ब्राजिलले सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको थियो । एकपछि अर्को प्रहार गरेको ब्राजिलले राम्रो अवसर पाएपनि थप गोल गर्न सकेन । कोष्टारिकाका गोलकिपर केयलोर नभासले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको मध्य समयतिर नेयमारले वान भर्सेस वानमा गोल गर्ने अवसर पाएका थिए । तर, उनी चुके ।

ब्राजिलका फरवार्ड नेयमारले ४ पटक कोष्टारिकाको पोष्ट नजिकैबाट फ्रि किक प्रहार गरेका थिए । तर, उनको फ्रि किक सशक्त हुन सकेन । पहिलो हाफसम्म दुबै टिमले बराबरी खेल खेलेका थिए । खेलको ५० औं मिनेटमा ब्राजिलले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । खेलको ५६औं मिनेटमा नेयमारले प्रहार गरेको बल कोष्टारिकाका गोलकिपरले उत्कृष्ट बताउ गरेका थिए ।

खेलको ५८ औं मिनेटमा कोष्टारिकाका गोलकिपरले पुनः एकपटक राम्रो बचाउ गरेका थिए । यो जितसँगै ब्राजिलले महत्वपूर्ण ३ अंक बटुलेको छ । ब्राजिलको २ खेलमा १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । पराजित कोष्टारिका भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

तपाईको प्रतिक्रिया