Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडाैं – आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ । दुईवटा खेल समाप्त हुँदा पाँच पटक विश्वका सर्वोत्कृष्ट खेलाडीको उपाधि पाइसकेका मेस्सीले कुनै पनि गोल गर्न वा अरूलाई गोल गर्न सघाउन सकेनन् । बरु उनी आइस्ल्यान्डसँगको पहिलो खेलमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न समेत असफल रहे । अब अवस्था यस्तो रहेको छ कि सन् २००२ देखि यता उक्त दक्षिण अमेरिकी टोली समूह चरणबाट माथि नजान पनि सक्छ । र, उसको भाग्य समूह ‘डी’ का अन्य टोली आइसल्यान्ड, नाइजिरिया र क्रोएशियाबीचको खेलको परिणाममा निर्भर छ ।

तीस वर्षको उमेरमा मेस्सीसँग कम्तीमा पनि अर्को एउटा विश्वकपमा खेल्नका लागि समय छ । तर रुसमा रहेका थुप्रै खेलपण्डितहरूको विचारमा हाल जारी प्रतियोगिता नै आर्जेन्टिनाका लागि ठूलो उपाधि जिताउन मेस्सीका लागि अन्तिम अवसर हो । हालसम्म राष्ट्रिय टोलीका लागि मेस्सीले दिलाएको पछिल्लो ठूलो प्रतिष्ठा भनेको सन् २००८ मा बेइजिङ ओलिम्पिक्स जितेको स्वर्ण पदक मात्र हो ।

लिओनेल मेस्सीतस्वीर कपीराइटGETTY
Image captionथकान र बारम्बारको चोटले मेस्सीलाई सताएको हुनसक्छ

मेस्सीका लागि उनको क्लब बार्सिलोनामा यो सिजन उपलब्धिपूर्ण रहेको छैन । घरेलु लिग र कपमा दोहोरो विजय हासिल गरेको भए पनि उक्त क्लब युएफआ च्याम्पिअन्स लिगको क्वाटर फाइनलबाट बाहिरियो । निरन्तर तीनचोटि त्यसरी बाहिरिँदा प्रतिद्वन्द्वी रेआल मड्रिड भने महादेशीय प्रतिस्पर्धामा चम्किरहेको छ । मेस्सीले यो सिजनमा राम्रो प्रदर्शन गर्न नसक्नुका पछाडि विभिन्न कारक तत्त्वहरू छन् । ती यस प्रकार छन्:

१) उनी शारीरिक रूपमा थकित छन्

सन् २०१७/१८ को युरोपेली सिजनमा मेस्सी ५४ वटा खेलमा सहभागी भए । यो सन् २०१४/ १५ यताको सबैभन्दा धेरै हो । अझ विगत पाँच वर्षको समयमा उनले खेलेको सबैभन्दा धेरै खेल सङ्ख्या हो त्यो । तथ्याङ्कसम्बन्धी वेब्साइट ट्रान्स्फर्मार्क्टका अनुसार मेस्सीले ४,४६८ मिनेट खेलेका छन् र औसतमा ८२.७ मिनेट मैदानमा बिताएका छन् ।

रोनाल्डो र मेस्सीतस्वीर कपीराइटGETTY
Image captionमेस्सी र रोनाल्डोको विश्वकप प्रदर्शन एकदमै भिन्न स्तरमा जारी छ

त्यति हुँदा पनि बार्सिलोनाका लागि उनले उक्त सिजनमा ४५ गोल आफैँले र १८ पटक अरूलाई गोल गर्न सघाएका छन्।

२) उनलाई बल्झिरहने चोट लागेको छ

सन् २०१८ को एप्रिलमा आर्जेन्टिनाको समाचारपत्र क्लारिनले राष्ट्रिय फुटबल टोलीका स्रोतहरूलाई उद्धृत गर्दै मेस्सी दाहिने तिघ्रामा लागेको चोटका कारण समस्यामा रहेका र त्यसबाट छिटो गतिमा दौडिने र चाल परिवर्तन गर्ने उनको क्षमतामा असर पर्ने गरेको जनाएको थियो । इटली र स्पेनसँगका महत्त्वपूर्ण मैत्रीपूर्ण खेलहरूमा मेस्सी सहभागी नभएपछि त्यस्तो समस्या सार्वजनिक भएको थियो। स्पेनसँगको मैत्रीपूर्ण खेलमा आर्जेन्टिना ६-१ ले पराजित भएको मेस्सीले बेन्चमा बसेरै हेर्नुपरेको थियो।

३) आर्जेन्टिना हिजोआज पहिलेको जस्तो अब्बल छैन

सन् २०१८ को रुस विश्वकपका लागि दक्षिण अमेरिकी छनोट चरणमा आर्जेन्टिनाको प्रदर्शन खराब नै रह्यो । परिणाममा विभिन्न आरोहावरोह खेपेर आर्जेन्टिनाले लिग चरणका लागि आफ्नो स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा सात गोल गरेर मेस्सी आर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए। तर खेल प्रशंसक र सञ्चारमाध्यमलाई उक्त टोलीको आलोचना गर्नबाट रोक्न त्यो प्रदर्शन पर्याप्त थिएन ।

लियोनेल मेस्सीतस्वीर कपीराइटGETTY IMAGES
Image captionहालसम्म आर्जेन्टिनाको खराब प्रदर्शन जारी रहँदा के मेस्सी विश्वकपबाट चाँडै नै बाहिरिएलान्?

गत विश्वकपमा पनि आर्जेन्टिना फाइनलमा पुगेको थियो र जर्मनीबाट अतिरिक्त समयमा एक गोल खाएर हारेको थियो। अन्तिम पटक आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो ।

) रोनाल्डोको सफलता

मेस्सीका प्रतिद्वन्द्वी वा प्रतिस्पर्धीका रूपमा चित्रित तथा विगत एक दशकदेखि उनको गुणदोष दाँज्न चर्चा गरिने अर्का खेलाडी रोनाल्डो हुन् । यो विश्वकपमा पोर्चुगलका ती खेलाडीको उत्कृष्ट प्रदर्शनले पनि मेस्सीलाई सजिलो पारेको छैन ।  विश्वकप २०१८ को आरम्भ देखि नै क्रिस्चियानो रोनाल्डो प्रभावकारी ढङ्गले खेलिरहेका छन् ।

प्रारम्भिक खेलमा नै उनले स्पेनविरुद्ध ह्याट्ट्रिक गरेका थिए। उक्त खेलमा रोनाल्डोले हानेका फ्री किकको चर्चा लामै समयसम्म भइरहने छ । त्यसपछि मोरक्कोसँगको खेलमा पनि उनले गोली हानेजस्तो गरी टाउकोले बल हानेर गोल गरी प्रशंसा बटुलेका छन् । रोनाल्डो कसैले रोक्न नसक्ने गरी अघि बढिरहेको देख्दा मेस्सीलाई भने उनले आइस्ल्यान्डविरुद्ध गोल गर्न चुकेका पेनाल्टी प्रहारका लागि सम्झिइने छ ।विश्वकप विजेता

तपाईको प्रतिक्रिया