Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  अहिले धेरै मानिसको व्यस्त दैनिकी हुन्छ । जसका कारण कतिपयले शारीरिक व्यायामलाई समय दिन पनि सकिरहेका हुँदैनन् । तर, शारीरिक व्यायाम भने मानिसका लागि अपरिहार्य हुन्छ । व्यस्त मानिसका लागि ‘इन्स्टेन्ट एक्सरसाइज’ निकै उपयोगी हुन्छ । यस्तो एक्सरसाइज विनाइन्स्ट्रुमेन्ट घरमै बसेर सजिलै गर्न सकिन्छ । यस्तो एक्सरसाइज पाँच मिनेटमै गर्न सकिन्छ । फिटनेस ट्रेनर अजय सिंहले पाँच इन्स्टेन्ट एक्सरसाइजबारे बताएका छन् :

रिवर्सकर्ल

यो पिठ्युँको बल लगाएर गर्ने एक्सरसाइज हो । यसका लागि पिठ्युँलाई टेकाएर सुत्नुपर्छ र दुवै हात साइडमा राख्नुपर्छ । अनि दुवै खुट्टा जोडेर विस्तारै माथि उठाउनुपर्छ । खुट्टा यसरी उठाउनुपर्छ कि पेल्भिकको भागसमेत उचालिन खोजोस् । हातलाई उही स्थानमा राख्नुपर्छ । एकछिनपछि दुवै खुट्टालाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ ।

अब्लिक क्रन्च

यस्तो एक्सरसाइजका लागि पहिला दुवै खुट्टा खुम्च्याउनुपर्छ । यसरी खुट्टा खुम्च्याउँदा हिप र पैतालाबीच केही ग्याप राख्नुपर्छ । अनि बिस्तारै कम्मरदेखि माथिको भाग उठाउनुपर्छ । अनि दायाँ छातीको भागले बायाँ घुँडा र बायाँ छातीको भागले दायाँ घुँडालाई छुने गरी शरीर मोड्नुपर्छ । यस्तो एक्सरसाइज पनि निकै छोटो समयमै गर्न सकिन्छ ।

ब्याक एक्सटेन्सन
यो पेटको बलले गरिने एक्सरसाइज हो । यसका लागि पहिला घोप्टो परेर सुत्नुपर्छ । अनि बिस्तारै शिर र खुट्टाको भागलाई उठाउनुपर्छ । केही छिनपछि खुट्टा र टाउकोलाई पहिलेकै अवस्थामा फर्काउनुपर्छ । यस्तो प्र्रक्रियालाई पटक–पटक दोहो-याउन सकिन्छ । यसले गर्दनको मसल्सलाई पनि रिल्याक्स फिल गराउँछ ।

जम्पिङ ज्याक्स
जम्पिङ ज्याक्सका लागि पहिला सीधा गरी उभिनुपर्छ । र, दुवै हातलाई सीधा गरी माथि उठाउनुपर्छ । त्यसपछि निकै जोडजोडले उफ्रिरहनुपर्छ । वर्कआउटको सुरुवातमा जम्पिङ ज्याक गर्दा निकै फाइदाजनक हुन्छ । किनकि, यसका कारण शरीर वार्मअप हुन्छ । र, शरीरका सबै अंग सक्रिय हुने गर्छन् ।

काफ रेज
काफ रेजका लागि पनि सुरुमा सीधा उभिनुपर्छ । यसरी उभिँदा ढाड र टाउको सीधा हुन आवश्यक छ । अनि खुट्टाको औँलालाई बल लगाएर शरीरका अरू सबै भाग उठाउनुपर्छ । केही छिनपछि पहिलेकै अवस्थामा फर्किन सकिन्छ । यस्तो गतिविधिलाई दोहो-याउन सकिन्छ ।

तपाईको प्रतिक्रिया