Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत उपाधि दाबेदार अर्जेन्टिना क्रोएसियासँग पराजित भएको छ । समूह चरणको दोस्रो खेलमा दुई पटकका विश्व विजेता अर्जेन्टिना क्रोएसियासँग ३–० ले ले पराजित भएको हो ।

अर्जेन्टिनाका गोलकिपर काबालेरोको गल्तीको फाईदा उठाउदै एन्टी रिबेकले क्रोएसियालाई सुरुवाती अग्रता दिलाए । खेल सकिन १० मिनेट बाँकी छदाँ मोड्रिकले उत्कृष्ट गोल गर्दै क्रोएसियाको अग्रतालाई दोब्बर पारेका थिए । ८६ औ मिनेटमा इभान राकिटिकले प्रहार गरेका फ्रिकिक बारमा लागेर फर्किएको थियो ।

अतिरिक्त समयको पहिलो मिनेटमै राकिटिकले तेस्रो गोल गर्दै क्रोएसियाको जित निश्चित गरे । पहिलो खेलमा नाईजेरियालाई पराजित गरेको क्रोएसियाले २ खेलबाट ६ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । र, क्रोएसियाले नकआउट चरणमा स्थान पक्का गरेको छ ।

क्रोएसियाको हारसँगै अर्जेन्टिनाको विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना प्रबल बनेको छ । अर्जेन्टिनालाई अब अन्तिम खेलमा जित र अन्य खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।

क्रोएसियाले अब अन्तिम खेलमा आइसल्याण्डसँग खेल्ने छ । अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियासँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया