Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – लियोनल मेस्सी प्रेरित अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिने सम्भावना प्रवल बनेको छ । समुह चरणको दोस्रो खेलमा क्रोयसियासंग ३–० गोल अन्तरले पराजित भएसंगै अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा बढेको हो ।

समुह चरणको अन्तिम खेलको सुखद नतिजासंगै अन्य खेलको नतिजाले मात्र अर्जेन्टिनाको नकआउट चरण पुग्ने सम्भावना तय हुनेछ । पहिलो खेलमा विश्वकपको डेब्यु टोली आईसल्याण्डसंग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोयसियासंग अप्रत्यासित हार ब्यहोरेको छ । उसले अन्तिम खेलमा अफ्रिकी मुलुक नाईजेरियासंग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनाका गोलकिपर काबालेरोको गल्तीको फाईदा उठाउदै रेबकले क्रोयसियालाई सुरुवाती अग्रता दिलाए । खेल सकिन १० मिनेट बाँकी छदाँ मोडरिकले उत्कृष्ट गोल गर्दै क्रोयसियको अग्रतालाई दोब्बर पारेका थिए ।

अतिरिक्त समयको पहिलो मिनेटमै राकिटिकले तेस्रो गोल गर्दै क्रोयसियाको जित निश्चित गरे । जितपछि क्रोयसिया एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

दुई खेलबाट ६ अंक जोड्दै क्रोयसिया तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिना एक अंक सहित तेस्रो स्थानमा छ । अर्जेन्टिना भन्दा एक खेल कम खेलेको आईसल्याण्ड दोस्रो र अंक विहिन नाईजेरिया तालिकाको पुछारमा छ ।

तपाईको प्रतिक्रिया