Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा डेनमार्कले सुरुवाती अग्रता बनाएको छ । अष्टे«लियाविरुद्ध डेनमार्कले खेलको सातौँ मिनेटमा नै गोल गर्दै अग्रता बनाएको हो ।

डेनमार्कका लागि खेलको सातौ मिनेटमा क्रिस्टियन इरिकसेनले गोल गरे । अहिले डेनमार्क १-० गोलले अघि छ । रसियाको समरा एरिनामा जारी खेलमा अष्ट्रेलिया पनि डेनमार्कलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अष्ट्रेलियाको लागि यो खेल अग्निपरीक्षा हो । अष्ट्रेलिया डेनमार्कसँग पराजित भए नकआउट चरणमा पुग्ने सम्भावना लगभग सकिनेछ ।

यसअघि अष्ट्रेलिया फ्रान्ससँग २-१ गोलअन्तरले पराजित भएको थियो । डेनमार्कले भने आफ्नो पहिलो खेलमा पेरुलाई १-० गोलले पराजित गरेको थियो । डेनमार्क अष्ट्रेलियालाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ

तपाईको प्रतिक्रिया