Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – शाकाहारी राम्रो हुन्छ भन्ने छैन

मांसाहारीभन्दा शाकाहारी खाना धेरै राम्रो हो । तर, शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुन्छ भन्ने छैन । शाकाहारी मानिसले पनि दूधको प्रयोग बढी गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ ।

मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । तर, माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन । तर, डिप फ्राई गर्दा भने समस्या निम्तिन सक्छ । अन्डाको सेतो भागमा पनि कोलेस्ट्रोलको मात्रा कम हुने भएकाले खान सुरक्षित मानिन्छ ।

मदिरा

मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । यो यस मानेमा अर्धसत्य हो कि यसले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ । मदिरामा बढी क्यालोरी हुन्छ ।

जसले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।

त्यसैले यसको सेवन बन्द गर्नुपर्छ । र, अरू मदिरा पनि घटाउनुपर्छ । मोटो मानिसलाई त यो अझ बढी
खतरनाक हुन्छ ।

डाइबिटिज भएमा

मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ ।

मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ । थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ । त्यसैले मानिसले दैनिक कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ ।

चुरोट

चुरोटको सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ । र, यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ । र, यस्तो कोलेस्ट्रोल ब्लकेज गर्ने गरी विकास हुन्छ ।

कति खाँदा राम्रो ?

अन्डा हप्तामा दुईवटाभन्दा बढी नखाँदा राम्रो हुन्छ । चिकेनले पनि कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसका कारण हप्तामा तीन–चार पिसभन्दा बढी नखाँदा राम्रो हुन्छ । रेड मिट नखाँदा राम्रो हुन्छ ।

खाए पनि महिनामा एकपटक मात्र प्रयोग गर्नुपर्छ । तर, महिलाले कोलेस्ट्रोल बढाउने प्रडक्ट बढी प्रयोग गर्दा पनि सन्तुलन नै हुन सक्छ । किनकि, महिलामा फ्याट पचाउने क्षमता बढी हुन्छ ।

प्लान्ट बेस अर्थात् सागपातको मात्रा बढी लिनुपर्छ । फाइबरयुक्त खानाले कोलेस्ट्रोल घट्न सघाउँछ । तर, प्लान्ट बेस खानेतेलको भने बढी प्रयोग गर्नुहुँदैन ।

ड्राइफुड पूर्ण रूपमा ठीक हुँदैन भन्ने छैन । किनकि, यी प्रडक्ट प्लान्टबाटै बनेका हुन्छन् । काजुलगायतका ड्राइफुड दिनमा एक मुठीसम्म खाँदा त्यति धेरै फरक पर्दैन ।

असन्तुलित खाना

खानाको प्रकृतिले रगतमा बोसो या ब्याड कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ । तर, कुन खाना कति खाने भन्ने नियम सबैका लागि एउटै लागू हुँदैन । किनकि, हरेक मानिसको पाचन क्षमता फरक–फरक हुन्छ । त्यसैले आफैँले अनुभव गरेर खानाको प्रकृति र मात्राबारे बुझ्न आवश्यक हुन्छ ।

र यो पनि

कतिपय मानिस जीवनशैली स्वस्थ राख्दाराख्दै पनि कोलेस्ट्रोलको मत्रा बढेको गुनासो लिएर आउँछन् । त्यसमा सबैभन्दा बढी भूमिका जेनेटिक कारणको हुन्छ ।

यस्तो मानिसमा कोलेस्ट्रोल पचाउने क्षमता निकै कम हुन्छ । यस्तो समस्याले कहिलेकाहीँ एक जेनेरेसन ग्याप गरेर पनि सताउन सक्छ । अर्को कुरा एक दिन रेस्टुरेन्टमा खाँदा पनि एक महिनालाई समस्या निम्त्याउन सक्छ ।

तपाईको प्रतिक्रिया