Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – रुसमा जारी फिफा विश्वकप फुटबलमा आज (बिहिबार) तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुँदैछ ।

विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘सी’ बाट डेनमार्क र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछ । डेनमार्क र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ मा सामरा एरिनामा हुनेछ ।

अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा डेनमार्क दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पेरुलाई हराएको डेनमार्क अष्ट्रेलियालाई हराउदै नकआउट चरणमा पुग्न चाहन्छ । अष्ट्रेलिया भने पहिलो जितको खोजीमा हुनेछ । फ्रान्ससँग पहिलो खेलमा पराजित अष्ट्रेलियालाई दोस्रो चरणको बाटो खुल्ला गर्म आजको खेल जित्नु पर्ने दबाब छ ।

यस्तै यो समूहको दोस्रो खेलमा फ्रान्स र पेरुबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति ८ : ४५ मा एकटेरियान स्टेडियममा हुनेछ ।

बलियो फ्रान्स आजको खेल जित्दै अन्तिम १६ मा पुग्न चाहन्छ । पहिलो खेलमा अष्ट्रेलियालाई हराएको फ्रान्स दोस्रो जितको खोजीमा रहने छ । पेरु भने पहिलो जितको खोजीमा रहने छ ।

रुस विश्वकपमा आजबाट समूह ‘डी’ को एक खेल हुँदैछ । आज राति हुने  खेलमा अर्जेन्टिना र क्रोएसियाले खेल्दैछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ११ : ४५ मा नोभगोरोड स्टेडियममा सुरु हुनेछ ।

क्रोएसियाविरुद्ध मैदान उत्रदा अर्जेन्टिना पहिलो जितको खोजीमा हुनेछ ।  अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग १ – १ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो चरणमा पुग्ने सम्भावना कायम राख्न अर्जेन्टिनालाई जित्नैपने दबाब छ ।

क्रोएसिया भने दोस्रो जितको लागि मैदान उत्रने छन् । पहिलो खेलमा नाइजेरियालाई हराएको क्रोएसिया आजको खेल जित्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।

विश्वकप खेल तालिका नेपाली समयमा :

तपाईको प्रतिक्रिया