Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – फिफा विश्वकप फुटबलमा उरुग्वेले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा एसियाली राष्ट्र साउदी अरेबियालाई १ – ० गोल अन्तरले हराउदै उरुग्वेले लगातार दोस्रो जित निकालेको हो ।

रोस्तोभ एरिनामा उरुग्वेका लागि लुइस स्वारेजले गोल गरे । उरुग्वेका लागि सयौं खेल खेलिरहेका स्वारेजले २३ औं मिनेटमा गोल गरेका थिए ।

लगातारको दुई जितसँगै समूह ए बाट उरुग्वेले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ । यसअघि उरुग्वे समुह चरणको पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो ।

उरुग्वेले ६ अंक जोड्दै प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाएको हो ।अब उरुग्वेले अन्तिम खेलमा रुससँग खेल्ने छ । उक्त खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । रुसको पनि दुई खेलबाट ६ अंक छ ।

साउदीको यो लगातार दोस्रो हार हो । र, साउदी समूह चरणबाटै घर फर्किएको छ । साउदी अरब आयोजक राष्ट्र रुससंग ५–० ले स्तब्ध भएको थियो । साउदीले अब इजिप्टसँग अन्तिम खेल खेल्ने छ । लागत दुई खेल खेलेको इजिप्ट पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया