Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – फिफा विश्वकप फुटबलमा स्पेनले संघर्षपूर्ण जित हासिल गरेको छ  । बुधबार भएको समूह चरणको दोस्रो खेलमा स्पेनले इरानलाई १ – ० गोलको झिनो अन्तरले हराएको हो ।

कजानस्थित कजान एरिनामा स्पेनलाई जित दिलाउन डिएगो कोष्टा नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा कोष्टाले गोल गरेका थिए । इरानी डिफेन्डरले क्लियर गर्न खोजेको बल कोष्टालाई लाग्दै गोलमा परिणत भएको थियो  । उनको यो विश्वकपमा तेस्रो गोल हो  । पोर्चुगलविरुद्धको पहिलो खेलमा उनले दुई गोल गरेका थिए ।

यो जितसँगै समूह बी को स्पेनले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । स्पेनले २ खेलबाट ४ अंक जोडेको छ  । यो समूहमा पोर्चुगलको पनि ४ अंक छ ।  स्पेनले पहिलो खेलमा पोर्चुगलसँग ३ – ३ गोलको बराबरी खेलेको थियो ।

पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १ – ० ले हराएको थियो । स्पेनले अब अन्तिम खेलमा मोरक्कोसँग खेल्नेछ । दुई खेल गुमाईसकेको मोरक्को प्रतियोगिताबाट बाहिरीसकेको छ ।

इरानको यो पहिलो हार हो । इरानले पहिलो खेलमा मोरक्कोलाई १ – ० ले हराएको थियो  ।  इरानको पनि दोस्रो चरण पुग्ने सम्भावना कायम रहेको छ । इरानले अब पोर्चुगलसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया