Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – रसियामा जारी विश्वकप २०१८ मा मोरक्कोविरुद्व पहिलो गोलसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एउटा नयाँ किर्तिमान भंग गरेका छन् । उनी युरोपेली राष्ट्रहरु मध्ये सर्वाधिक गोलकर्ता बनेका हुन् ।

खेलको ४ औं मिनेटमा पोर्चुगोलको लागि स्टाइकर क्रिस्टियानो रानाल्डोले गोल गरे । स्पेनविरुद्ध ह्याट्रिकसँगै उनले हंगेरीका फ्रेरेन्क पुस्कासको ८४ अन्तर्राष्ट्रिय गोलको किर्तिमान बराबरी गरिसकेका थिए । यो गोलसँगै युरोपियन टोलीका तर्फबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् ।

पुस्कासलाई उछिनेपछि रोनाल्डोको टार्गेट अब पोर्चुगलका लागि १ सय गोल हुनेछ । इरानका पूर्व फरवार्ड अली देईले राष्ट्रिय टोलीका लागि १०९ गोल गरेका थिए । रोनाल्डो त्यसबाट मात्र २५ गोल टाढा छन् । यदी उनले यो फर्मलाई केही वर्ष जारी राखे, उनले पक्कै पनि त्यो किर्तिमान भेटाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया