Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  रुसमा जारी फिफा विश्वकप फुटबलमा अफ्रिकी सेनेगलले शानदार सुरुवात गरेको छ । मंगलबार भएको खेलमा युरोपियन राष्ट्र पोल्याण्डलाई २ – १ गोल अन्तरले हराउदै सेनेगलले  शानदार सुरुवात गरेको हो ।

मस्कोको स्पार्टक स्टेडियममा भएको खेलमा सेनेगललाई जित दिलाउन एमबाए निअङले एक गोल गरे । सेनेगलले एक गोल आत्मघाती उपहार पाएको थियो । पोल्याण्डका ग्रजर्ज क्रेचोयाकले एक गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा पोल्याण्डका थियागो कोनिकको आत्मघाती गोलबाट सेनेगलले सुरुवाती अग्रता बनाएको थियो । इन्द्रिसा गानाले प्रहार गरेको बल थियागोलाई लाग्दै गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १ – ० ले अघि रहेको सेनेगेलले दोस्रो हाफमा थप एक गोल गर्यो भने एक गोल खाएको थियो  ।  खेलको ६० औं मिनेटमा एमबाए निअङले गोल गर्दै सेनेगललाई २ – ० को अग्रता दिलाए  । पोल्याण्डका किपर अघि बढेको अवस्थामा निअङले फाइदा उठाउदै गोल गरेका हुन्  ।

त्यसपछि खेलको ८६ औं मिनेटमा पोल्याण्डका ग्रजर्ज क्रेचोयाकले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्  । यो जितसँगै समूह एचको सेनेगलले ३ अंक जोडेको छ । यो समूहमा जापानले पनि विजयी सुरुवात गरेको छ । जापानले पनि कोलम्बियालाई २ – १ ले नै हराएको हो ।

योसँगै दोस्रो पटक विश्वकप खेल्दै गरेको सेनेगलले सन् २००२ को विश्वकपको प्रदर्शनलाई निरन्तरता दिएको छ । दक्षिण कोरिया र जापानमा भएको उक्त संस्करणमा सेनेगलले सनसनी मच्चाउदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

उक्त संस्करणमा पहिलो खेलमै सेनेगलले फ्रान्सलाई १ – ० ले  हराएको थियो । समूह चरणमा डेनमार्क, उरुग्वे जस्ता राष्ट्रसँग बराबरी खेलेको  सेनेगलले अन्तिम १६ मा स्वीडेनलाई स्तब्ध बनाएको थियो । क्वाटरफाइनलमा भने सेनेगल टर्कीसँग पराजित भएको  ।

तपाईको प्रतिक्रिया