Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – रोमेलु लुकाकु चम्किएपछि विश्वकप फुटबलमा बेल्जियमले सहज जित हात पारेको छ । सोमबार सम्पन्न खेलमा बेल्जियमले पानामालाई ३–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा बेल्जियमले ३ गोल ग¥यो । प्रिमियर लिगका स्ट्रार स्ट्राईकर रोमेलु लुकाकुले उत्कृष्ट प्रर्दशन गर्दै दुई गोल गरे । ६९ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका उनले ७५ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।

खेलमा अग्रता बेल्जियमले ४७ औ मिनेटमा मार्टिन्सको गोलबाट लिएको थियो । विश्वकपको पहिलो खेलमा महारथी देशहरुले खराब नतिजा निकालेपनि बेल्जियमले प्रभावशाली जित सहित प्रतियोगिताको सुरुवात गरेको छ ।

यता, बेल्जियमविरुद्धको खेलसंगै पानामाले विश्वकपमा डेब्यु गरेको छ ।

तपाईको प्रतिक्रिया