Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – इंग्ल्यान्डले रुसमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा ट्युनिसियालाई २ – १ गोलले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेका हुन् ।

भोल्बोग्राड स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन दुवै गोल कप्तान ह्यारी केनले गरे । ट्युनिसियाका लागि फेर्जानी ससीले  एक  गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ११ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी ससीको पेनाल्टीमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

ट्युनिसियाका युसुफलाई इंग्ल्यान्डका वाल्करले डिबक्समा लडाएपछि ट्युनिसियाले पेनाल्टी पाएको थियो । जसमा ससीले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा दृश्यमा आए कप्तान केन । इन्जुरी समयको पहिलो मिनेट केनले हेड गोल गर्दै इंग्ल्यान्डलाई २ – १ को  महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै इंग्ल्यान्ड समूह जीको इंग्ल्यान्डले ३ अंक जोडेको छ । यो समूहबाट बेल्जियमले पनि विजयी सुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया