मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं –  गतवर्ष अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा जोरपाटीमा एक पैदलयात्रुको मृत्यु भयो । बा१ज ९८०९ नम्बरको माइक्रो बसले ठक्कर दिँदा भारतका रूपलाल साहको मृत्यु भएको हो ।

केही साताअघि काभ्रेको साँगाबाट तीव्र गतिमा आएको बा३ख ६६७४ नम्बरको ट्रिपरले भक्तपुर, सूर्यविनायकमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भयो ।

स्कुटर चालक लोकन्थलीका हरिबहादुर कटुवाल, लोकन्थलीमै १६ वर्षदेखि पसल सञ्चालन गर्दै आएकी दोलखा, मेलुङकी ३६ वर्षीया सविता घिमिरे र उनका १३ वर्षीय छोरा अरविनको घटनास्थलमै ज्यान गएको हो ।

मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

९ हजार ५० वटा दुर्घटनामध्ये ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा छ ।

तपाईको प्रतिक्रिया