Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – असारको पहिलो दिन सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। अघिल्लो दिन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यो मूल्य जेठ ११ गतेयताकै महँगो हो सो दिन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सो मूल्य एक वर्षकै महँगो हो ।

चाँदीको मूल्य अाज एक वर्षयताकै उच्च विन्दुमा पुगेको छ । महासंघका अनुसार प्रतितोला ८ सयमा चाँदीको कारोबार भइरहेको छ । यो एक वर्षकै उच्च मूल्य हो । ठीक एक वर्षअघि प्रतितोला ८ सय ५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया