Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

जनकपुरधाम – पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले धनुषाका चार जना व्यापारीमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

डिपोबाट इन्धन निकासी, ढुवानी र बिक्री वितरणमा अनावश्यक विवाद उत्पन्न गराई उपभोक्तालाई पेट्रोलियम पदार्थ उपलब्ध नगराएपछि प्रहरीले पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह उनका भाइ ट्यांकर व्यवसायी संघका अध्यक्ष किशुनदेव साह, भी आयलका रामप्रकाश साह र नवी महतोलाई पक्राउ गरी उनीहरूमाथि कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइएको हो ।

उनीहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका धनुषामा राखिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् । कालोबजारी मुद्दा ठहर भएमा अभियुक्त चारै जनालाई ५ हजार जरिवानासहित १० वर्ष कैद सजाय वा जरिवाना र कैद दुवै सजाय हुने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया