Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस राफेल नाडलले जितेका छन् ।

फ्रान्सको पेरिसमा भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै विश्व नम्बर एक नाडलले करियरको १७ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

नाडलको यो ११ औं फ्रेन्च ओपन उपाधि हो । पहिलो पटक मुख्य उपाधिको फाइनल खेलेका थिइमलाई नाडलले ६–४, ६–३ र ६–२को सेटमा  हराएका हुन् ।

नाडल सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका स्विजरल्याण्डका रोजर फेडेररले २० वटा ग्राण्डस्लाम उपाधि जितेका छन् ।

तपाईको प्रतिक्रिया