Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – फ्रेन्च ओपन टेनिसको महिलातर्फ अमेरिकाकी स्लोआनी स्टेफेन्स र रोमानियाकी सिमोना हालेप उपाधिका लागि भिड्ने भएका छन् ।

गएराति भएको सेमिफाईनल खेलहरुमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै स्टेफेन्स र हालेपले वर्षको दोस्रो ग्राण्ड स्लाम टेनिस प्रतियोगिताको उपाधि भिडन्त तय गरेका हुन् ।

पहिलो पटक ग्राण्ड स्लाम टेनिसको फाईनलमा पुग्नेक्रममा अमेरिकी खेलाडी स्टेफेन्सले सेमिफाईनलमा आफ्नै देशकी म्याडिसन किजलाई ६–४ र ६–४ को सोझो सेटमा हराईन् ।

यसैगरी रोमानियाकी हालेपले स्पेनिस खेलाडी गार्बिने मुगुरुजालाई ६–१ र ६–४ को सोझो सेटमा पाखा लगाईन् ।

यसअघि तीन पटक ग्राण्ड स्लाम टेनिसको फाईनलमा पुगेर पनि उपाधि जित्न नसकेकी हालेप यसपटक ग्राण्ड स्लाम टेनिसको उपाधि उचाल्ने लक्ष्यका छिन् । फ्रेन्च ओपन महिला एकलतर्फको फाईनल खेल शनिबार हुनेछ ।

उता पुरुषतर्फ स्पेनिस खेलाडी रफाईल नदाल र अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोत्रो सेमिफाईनलमा पुगेका छन् । वर्षाले अघिल्लो दिन रोकिएको खेलमा बिहीबार उत्कृष्ट पुनरागमन गर्दै नदालले अर्जेन्टिनाका डिएगो स्वार्जम्यानलाई ४–६, ६–३, ६–२ र ६–२ ले हराए ।

सेमिफाईनलमा नदालको भिडन्त अर्का अर्जेन्टाईनी खेलाडी डेल पोत्रोसँग हुनेछ । क्वाटरफाईनलमा क्रोएशियाका मारिन सिलिचलाई ७–६, ५–७, ६–३ र ७–५ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै पाँचौ वरियताका डेल पोत्रो सेमिफाईनलमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया