Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  स्पेनिस टेनिस खेलाडी रफाइल नदाल वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रि क्वार्टरफाइनलमा जर्मनीका म्याक्सिमिलान मार्टेररलाई ६-३, ६-२ र ७-६ को सोझो सेटमा हराउँदै नदालले अन्तिम आठको यात्रा पक्का गरेका हुन् ।

१० पटकका फ्रेन्च ओपन च्याम्पियन नदालले पहिलो सेटमा २-० र तेस्रो सेटमा ३-१ ले पछि परेको अवस्था उल्टाउँदै खेल जितेका हुन् । शीर्ष वरियताका नदालले क्वार्टरफाइनलमा ११औं वरियताका अर्जेन्टाईनी खेलाडी डिएगो स्वार्टजम्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।

दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै अर्जेन्टिनाका स्वार्टजम्यान क्वाटरफाइनलमा पुगेका हुन् । उता महिलातर्फ विश्व नम्बर एक सेरेना विलियम्सले फ्रेन्च ओपनको खेल त्यागेकी छन् ।

घाइते भएका कारण सेरेनाले मारिया सारापोभाविरुद्धको चौथो चरणको खेल नखेल्ने निर्णय गरेकी हुन् । २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना पछिल्लो समय मांसपेसीको समस्याबाट ग्रस्त छिन् ।

यो समस्याका कारण उनको विम्बल्डन पनि गुम्न सक्ने खतरा बढेको छ ।

तपाईको प्रतिक्रिया