Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को संयोजनमा बिहीबार इंग्ल्यान्डको लर्डस्‌ मैदानमा भएको मैत्रीपूर्ण खेलमा वेस्ट इन्डिजले विश्व ११ टिमलाई ७२ रनले पराजित गरेको छ।

खेलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले विश्व ११ टिमबाट खेल्दै अन्तर्राष्ट्रिय टी-२० खेलमा डेब्यू गरेका थिए। सन्दीपले १ ओभरम बलिङ गर्दा १२ रन खर्चिएका थिए। सन्दीपले १३ ‍औं ओभरमा बलिङ गरेक थिए।

उनको पहिलो बलमा वेस्ट इन्डिजका दिनेश रामदिनले १ रन लिए। दोस्रो बलमा मार्लोन स्यामुयल्सले पनि १ रननै लिएका थिए। तेस्रो बलमा रामदिनले १ रन लिदा चौथो बलमा स्यामुयल्सले छक्का प्रहार गरेका थिए।

पाँचौ बलमा स्यामुयल्सले ठूलो सर्ट प्रहार गरेका थिए। तर टाइमन मिल्सले बाउन्ड्री लाइन नजिक रोक्दा स्यामुयल्सले ३ रन लिए। अन्तिम बलमा भने रामदिलने रन लिन सकेनन्।

ब्याटिङमा पनि अन्तिम नम्बरमा मैदान छिरेका सन्दीपले नटआउट ४ रन जोडे। ५ बलको समाना गरेका सन्दीपले बाउन्ड्री भने हानेनन्। उनले एस्ले नर्स र केसरिक विलियम्स विरुद्ध ब्याटिङ गरेका थिए।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९९ रन जोड्यो। उसका लागि इभिन लेविसले २६ बलमा ५८ रन जोडे। मार्लोन स्यामुयल्सले ४३ र दिनेश रामदिनले ४४ रन  बटुले। बलिङतर्फ विश्व ११ का रसिद खानले २ विकेट लिए।

२०० रनको लक्ष्य पछ्याएको विश्व ११ लाई वेस्ट इन्डिजले १६.४ ओभरमा १ सय २७ रनमा अलआउट गर्यो। खराब सुरुवात गरेको विश्व ११ का ओपनर तमिम एकबाल २,  लुक रोची ०,  साम विलिङग्स ४ र दिनेश कार्तिक ० रनमा आउट भएका थिए।

विश्स ११ ले ४ ओभरमा ८ रन बनाउदा ४ विकेट गुमाएको थिए। सोएब मलिक पनि १२ रनमा आउट हुँदा थिसारा परेराले ६१ रनको योगदान दिए। कप्तान साहिद अफ्रिदी ११, रसिद खान ९ रन र मिचेल म्याकिघन १० रनमा आउट भए। सन्दीप लामिछाने ४ रनमा नटआउट रहे।

बलिङमा वेस्ट इन्डिजका केसरिच विलियम्सले ३ विकेट लिए भने आन्द्रे रसेल र  स्यामुयल बद्रीले २-२ विकेट लिए। गत वेस्ट इन्डिजमा आँधीले भत्काएको क्रिकेट मैदान निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया