Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – अफगानिस्तानी स्टार रसिद खानले अलराउन्ड प्रदर्शन गरेपछि सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै सनराइजर्स हैदरावाद उपाधि नजिक पुगेको हो ।हैदरावादलाई जिताउन रसिद खानले ब्याटिङ, बलिङ र फिल्डिङ तीन वटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे ।

ब्याटिङतर्फ १० बलमा ४ छक्का र २ चौकासहित ३४ रन बनाए भने बलिङतर्फ उनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका रसिदले १९ रन दिँदै तीन विकेट लिए र फिल्डिङतर्फ पनि दुई क्याच लिएका थिए ।

खेलको म्यान अफ दि म्याचसमेत बनेका रसिदले कोलकाताविरुद्ध अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेका हुन् । रसिदले जारी आईपीएलमा १६ खेलमा २१ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी रेट ६ दशमलव ७८ रहेको छ । सनराइजर्सका बलर सिद्धार्थ कौलले पनि १६ खेलमा २१ विकेट लिएका छन् ।

कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । हैदरावादका लागि ऋद्धिमान शाहले ३५, शिखर धवनले ३४ तथा शकिव अल हसनले २८ रनको योगदान दिएका थिए ।

बलिङतर्फ कुलदीप यादवले २ विकेट लिए भने शिभम् माभी, सुनिल नराइन र पियुस चावलाले १–१ विकेट लिए । १७५ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा नौ विकेट गुमाउँदै १६० रन मात्र जोड्न सफल भयो ।

कोलकाताका लागि क्रिस लिनले सर्वाधिक ४८ रन बनाए भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नितिस रानाले २२ रन जोडे ।कोलकाताको ब्याटिङलाई निस्तेज पार्नका लागि रसिद खानले तीन विकेट लिँदा सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले २-२ विकेट लिए । शकिव अल हसनले पनि एक विकेट हात पारे ।

प्रतियोगिताको उपाधिका लागि हैदरावादले भोलि चेन्नई सुपर किङ्को सामना गर्नेछ । प्लेअफमा चेन्नईले हैदरावादलाई नै हराएको थियो ।

तपाईको प्रतिक्रिया