Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा भैरहेको रुस्लान कर्णाली प्रिमियर लिग (केपिएल) मा आज सेमिफाइनलका दुई खेल हुँदैछन् ।

पहिलो खेल समुह ‘ए’ को विजेता रुपन्देही–११ र समूह ‘बी’ को उपविजेता मध्यपश्चिम क्रिकेट क्लबबीच हुँदैछ । बिहान ८ बजेदेखि हुने भनिएको खेल विहीबार राति परेका पानीका कारण मैदान हिलो भएर अहिलेसम्म सुरु हुन सकेको छैन ।

यस्तै, सेमिफाइनलमा समूह ‘बी’को विजेता धनगढी क्रिकेट क्लब र समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच बिहान साढे ११ बजे हुने आयोजकले जानकारी दिएको छ ।

जेठ ३ गते बाट सुरु भएको कर्णाली प्रिमियर लिगको फाइनल खेल शनिबार हुनेछ ।  प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया