Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) २०१८ को पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै चेन्नई सुपर किंग्स फाइनलमा पुगेको छ ।

चेन्नईका ब्याट्सम्यान डू प्लेसिस र शादुल ठाकुरले विस्फोटक ब्याटिङ गर्दै अन्तिममा चेन्नईलाई जिताएका हुन् ।

मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । १४० रनको झिनो लक्ष्य पाएको चेन्नईको आशा एक समय लगभग समाप्त भइसकेको थियो । तर डू प्लेसिसको नटआउट ६७ रन तथा शार्दुल ठाकुरको नटआउट १५ रनको योगदानले चेन्नईले रोमाञ्चक जित हात पार्यो । चेन्नईले १९ दशमलब १ ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनाएको थियो । डू प्लेसिस म्यान अफ् द म्याच भए ।

सनराइजर्सका तीव्र गतिका बलर भुवनेश्वर कुमारले सुरुदेखि नै चेन्नईमाथि दबाब राखेका थिए । उनले चेन्नईका ओपनर शेन वाटसनलाई शून्यमै श्रीवत्स गोस्वामीको हातबाट क्याचआउट गराए । सुरेश रैनालाई सिद्धार्थ कौलले बोल्ड आउट गरे । रैनाले १३ बलमा २२ रन बनाए । त्यस्तै चेन्नईका भरपर्दा ब्याट्सम्यान अम्बाती रायुडूलाई पनि खाता खोल्न नदिइकन कौलले पभेलियन फर्काइदिए । मंगलबारको खेलमा कप्तान धोनी पनि टिक्न सकेनन् । १८ बल खेलेर मात्र ९ रन बनाएकाधोनीलाई राशिद खानले आउट गरे । ड्वेन ब्राभो पनि राशिदकै शिकार धए ।७ रन बनाएका ब्राभोलाई राशिदले शिखर धवनबाट क्याचआउट गराए ।

रवीन्द्र जडेजालाई सन्दीप शर्माले ३ रनमै आउट गराए । सन्दीपले आफ्नै बलमा जडेजालाई क्याचआउट गराएका हुन् । दीपक चाहर १० रनमा आउट भए । चाहर सन्दीपको बलमा कार्लोस ब्रेथवेटबाट क्याचआउट भए । हरभजन सिंह २ रन बनाएर आउट भए । चेन्नईका लागि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका डू प्लेसिस म्याच जिताएर मात्रै फर्किए । उनले ४२ बलमा नटआउट ६७ रन बनाए । त्यस्तै शार्दुल ठाकुरले ५ बलमा १५ रन बनाउँदै महत्वपूर्ण पारी खेले । चेन्नईका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सनराइजर्स हैदराबादका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । राशिद खान, सिद्धार्थ कौल तथा सन्दीप शर्माले दुई– दुई विकेट लिँदा भुवनेश्वर कुमारले एक विकेट लिए । राशिद खानले ४ ओभर बलिङ गर्दै ११ रन मात्र खर्चेर २ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले ३ ओभर १ बल बलिङ गर्दै १४ रन दिएका थिए ।

शिखर शून्यमै आउट, चलेन केनको ब्याट

यसअघि म्याचको पहिलो पारीमा ओपनिङ गर्न आएका सनराइजर्सका ब्याट्सम्यान शिखर धवनलाई चेन्नईका तीव्र गतिका बलर दीपक चाहरले बोल्ड आउट गराए । धवन खाता नखोली पेभेलियन फर्किए । चेन्नईका लागि दोस्रो विकेट लिए लुंगी एन्गिडीले । उनले श्रीवत्स गोस्वामीलाई आफ्नै बलमा क्याचआउट गराए । गोस्वामीले ९ बलमा १२ रन बनाए । उत्कृट लयमा रहेका सनराइजर्सका कप्तान केन विलियम्सनलाई शार्दुल ठाकुरले आउट गरे । १५ बलमा २४ रन बनाएका विलियम्सनलाई शार्दुलले विकेट पछाडि धोनीको हातबाट क्याच आउट गराए ।

सनराइजर्सका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका शाकिब अल हसनले सुरुमै केही राम्रा शट प्रहार गरे पनि १२ रनको स्कोरमै आउट भए । उनी ड्वेन ब्राभोको बलमा धोनीबाट क्याचआउट भए । शाकिबले १० बलमा २ चौकासहित १२ रन बनाएका थिए । सनराइजर्सका भरोसमा मानिएका मनीष पाण्डे पनि लामो समय टिक्न सकेनन् । १६ बलमा ८ रन बनाएका पाण्डेलाई रवीन्द्र जडेजाले आफ्नै बलमा क्याचआउट गराए । त्यस्तै यूसुफ पठान २९ बलमा २४ रन बनाएर आउट भए । उनलाई ब्राभोले आफ्नै बलमा क्याचआउट गराए र सनराइजर्स हैदराबादका लागि कार्लोस ब्रेथवेटले नटआउट रहँदै २९ बलमा सर्वाधिक ४३ रनको योगदान दिए । भुवनेश्वर कुमारले ७ रन बनाए ।

चेन्नईका लागि ड्वेन ब्राभोले दुई विकेट लिए । त्यस्तै दीपक चाहर, लुंगी एन्गिडी, शार्दुल ठाकुर तथा रवीन्द्र जडेजाले एक–एक विकेट लिए ।

चेन्नई जितसँगै फाइनलमा पुगेको छ भने सनराइजर्सलाई फाइनल यात्राका लागि अर्को मौका रहेको छ । बुधबार कोलकाता नाइटराइडर्स र राजस्थान रोयल्सबीच हुने इलिमिनेटर प्रतिस्पर्धाको विजेता टिमसँग सनराइजर्सले मे २५ मा खेल्नेछ ।

तपाईको प्रतिक्रिया