Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिगको यो सिजनमा तीनवटा मात्र खेल खेल्न पाए पनि प्रभावशाली प्रदर्शन गरेर फर्केका नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो दिल्लीयात्रा अविस्मरणीय भएको बताउनुभएको छ ।

अन्तिमका तीन खेलमा खेल्ने मौका पाएर सानदार प्रदर्शन गरेका सन्दीप लामिछानेले नयाँ दिल्लीबाट आज अपराह्न फर्केपछि त्रिभुवन विमानस्थलमा भन्नुभयो, ‘ठूल्ठूला खेलाडीसँग खेले पनि नामसँग म कहिल्यै डाउन भइनँ ।’ उहाँले आगामी सिजनमा मलगायत धेरै नेपाली खेलाडीलाई देख्न पाउँ भन्दै नेपालमा धेरै सिनियर खेलाडी भएको बताउनुभयो ।

उहाँले आगामी मे ३१ मा वेस्ट इन्डिजसँग हुन लागेको नेपालसँगको प्रतिष्पर्धामा राष्ट्रिय टोलीलाई फेरि गर्व गर्न लायक बनाउन पाउँ भनी चाहना पनि व्यक्त गर्नुभएको छ । आइपिएल यात्रामा आफूले धेरै सिक्न पाएको पनि उहाँले बताउनुभयो । ‘धेरै सिक्न पाएँ, नेपाली क्रिकेटका लागि धेरै ठूलो कुरा हो,’ उहाँले भन्नुभयो । उनले नेपाली क्रिकेटका पदाधिकारीहरु जिम्मेवार हुनुपर्ने र खेललाई गति दिनुपर्ने पनि बताउनुभयो ।

विमानस्थलमा उनको स्वागतका लागि क्रिकेटका पदाधिकारीहरुसँगै राष्ट्रिय टोलीका वरिष्ठ खेलाडीहरु पारस खड्का, ज्ञानेन्द्र मल्ललगायत उपस्थित हुनुहन्थ्यो ।

तपाईको प्रतिक्रिया